मुख्य समाचार

प्रधानमन्त्रि देउबा आज बालुवाटार सदैं

By थाहा अनलाइन

June 19, 2017

काठमाडौँ, ५ असार । प्रधानमन्त्री शेरबहादुर देउवा प्रधानमन्त्री चयन भएको करीव दुई सातापछि सरकारी निवास बालुबाटार सर्दैछन् । बूढानीलकण्ठस्थित आफ्नै निवासमा बस्दै आएका देउवा आज सोमवार सरकारी निवासमा सर्न लागेका हुन् । उनका लागि बालुवाटार निवास मर्मत सम्भार तथा रङरोगन कार्य जारी छ । पारिवारिक स्रोतका अनुसार सरकारी निवासको बैठककक्ष, विश्रामकक्ष र भान्साको सामान्य ढङ्गले पुनःनिर्माणका साथै रङरोगन गरिएको छ । प्रधानमन्त्री देउवाका लागि सरकारी निवासमा कुनै नयाँ सामान खरिद गरिएको छैन । पुरानै सामानबाट काम चलाउने भनेपछि सोहीअनुसार व्यवस्था गरिएको बताइएको छ । यसअघि नयाँ प्रधानमन्त्रीका लागि हरेक सरसामान नयाँ खरिद गर्ने प्रचलन थियो । देउवा जेठ २३ गते प्रधानमन्त्रीमा निर्वाचित भएका थिए । उनी आज ५ बजेभित्र सरकारी निवासमा छिरिसक्ने छन् ।