दाङका उम्मेद्वारको घरमा विप्लवको कालो झन्डा,र प्रर्चाहरु



दाङ ५ असार

विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी माओवादीले दाङका विभिन्न उम्मेद्वारका घरमा कालो झन्डा टाँगेको छ। मुख्य गरि नेपाली कांग्रेस र नेकपा एमालेबाट उम्मेद्वार बनेका अधिकांश उम्मेद्वारको घरमा आइतबार राति विप्लवका कार्यकर्ताले कालो झन्डा टाँगेको दाङका प्रहरी प्रमुख एसपी धिरज प्रताप सिंहले जानकारी दिए।

रोल्पाको थवाङमा नेपाली कांगेससँग चुनावी तालमेल गरेर उम्मेद्वारी दर्ता गएको विप्लवका कार्यकर्ताले छिमेकी जिल्ला दाङमा भने त्यस विपरितका क्रियाकलाप गर्दे आएका छन्।

राप्ती गाउँपालिका र गढुवा गाउँपालिकामा नेकपा माओवादी केन्द्र बाहेक कांग्रेस र एमालेका उम्मेदवारका घरमा कालो झन्डा टाँगिएको छ।

तुलसिपुर उपमहानगरपालिकामा कांग्रेसका मेयर पदका उम्मेद्वार गेहेन्द्र गिरी, उपमेयर पदकी उम्मेदवार देवीका नेपाली, माओवादी केन्द्रका मेयर पदका उम्मेदवार सेशुराम भण्डारीलगायतको घरमा कालो झन्डा फेला परेको प्रहरीले बताएको छ।

त्यस्तै घोराही उपमहानगरपालिकाका विभिन्न दलका प्रमुख पदका उम्मेदवार, लमही नगरपालिकालगायत विभिन्न गाउँपालिकाका उम्मेदवारका घरमा कालो झन्डा टाँगेको भए पनि बिहानै हटाइएको प्रहरीले जनाएको छ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्