क्यान्सर पीडितलाई जेसिजको सहयोग



सैघाली खबर
दाङ,१६ चैत

घोराहीका क्यान्सर पीडित लुटु प्रशाद पौडेललाई आर्थिक सहयोग गरिएको छ । घोराही उपमहानगरपालिका ११ का ५० बर्षीय पौडेललाई बुधबार २० हजार एक सय पाँच रुपैँया आर्थिक सहयोग गरिएको हो । तुलसीपुर नगर जेसिजले दाङ देउखरी होटेल ब्यबसायी संघका पूर्ब सचिब समेत रहेका पौडेललाई उक्त रकम सहयोग गरेको हो । लुटु प्रशादको उपचारमा सहयोग होस्, भनी जेसिजको पहलमा संकलन भएको उक्त रकम बुधबार छोरी रीता पौडेललाई हस्तान्तरण गरिएको हो ।

तुलसीपुर नगर जेसिजका अध्यक्ष दिपेश भण्डारी, नेपाल जेसिजका गुणस्तर शिक्षा प्रमुख सुर्य प्रशाद शर्मा, महासचिब नेत्रलाल भट्टराई , रकम संकलन संयोजक चेतन कडेँल ( दोस्ती)लगायत जेसिजका पदाधिकारीहरुले उक्त रकम पीडितलाई हस्तान्तरण गरेका हुन् ।

बिगत एक बर्ष देखि क्यान्सर पीडित बनेको पौडेल अहिले डायलसिस गरिरहेका छन् । यसैबीच मृगौला रोग पीडित पौडेलकी छोरी रीताले सहयोग गर्ने जेसिज परिवारलाई धन्यवाद पनि दिएकी छिन् । उनले वुवा लुटु बहादुरको उपचारका लागि आर्थिक अबस्था कम्जोर भएकाले सहयोग गर्न सबैलाई आग्रह गरिन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्