अस्थायी शिक्षक परीक्षामा मागभन्दा कम अावेदन



सैघाली खबर
काठमाडौं,१६ चैत

सामुदायिक विद्यालयका अस्थायी शिक्षकलाई स्थायी गराउन आह्वान गरिएको विज्ञापनमा मागभन्दा कम आवेदन परेको छ। शिक्षक सेवा आयोगले दुई पटकसम्म विज्ञापन गरे पनि आवश्यक संख्यामा आवेदन नपरेपछि प्राथमिक, निम्नमाध्यमिक र माध्यमिक तहमा स्थायी प्रतिस्पर्धाका लागि फाराम भरेका शिक्षकले स्थायी हुन न्युनतम अंक मात्रै ल्याए पुग्ने भएको छ। आयोगका अनुसार कुल १०० पूर्णांकको परीक्षामा उत्तीर्ण हुन ४० नम्बर ल्याउनुपर्छ।

४० प्रतिशत वस्तुगत र ६० प्रतिशत विषयगत प्रश्न सोधिने आयोगले बताएको छ। कुल अस्थायी शिक्षकमध्ये ७५ प्रतिशत कोटामा आन्तरिक प्रतिस्पर्धा गराएर स्थायी गर्नका लागि आयोगले तीनै तहमा तीन प्रकारको विज्ञावन आह्वान गरेको छ। २०४९ साल पुस २० गतेभन्दा अघि सेवा प्रवेश गरेकालाई पहिलो समूह, २०४९ देखि २०६१ सम्म प्रवेश गरेकालाई दास्रो र २०६१ साउन २२ देखि २०७२ असोज २ गतेसम्म प्रवेश गरेकालाई तेस्रो समूह मानेर आवेदन आह्वान गरेको थियो।

पहिलो समूहअन्तर्गत प्राथमिक तहमा एकहजार १५४ कोटामा विज्ञापन आह्वान गरिएकोमा ६२७ जनाले मात्र फाराम भरेका छन्। यो तहमा आवश्यकभन्दा ५२७ दरबन्दी रिक्त रहेको आयोगका अध्यक्ष ताना गौतमले जानकारी दिए। आयोगले चैत २३ गतेलाई तय गरेको शिक्षको परीक्षास्थगन नहुने जनाएको छ। परीक्षा स्थगन गर्न माग गर्दै शिक्षक र विद्यार्थीका छुट्टाछुट्टै समूह संघर्ष गरिरहेका छन्।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्