टेलिकमले शुक्रबारबाट सापटी सेवा शुरु गर्दै



१६ चैत, काठमाडौं
नेपाल टेलिकमले जीएसएम प्रिपेड ग्राहकका लागि घोषणा गरेको ‘नमस्ते क्रेडिट सेवा’ शुक्रबार(आज) बाट शुरु गर्ने भएको छ ।

गत माघ २२ गते एक समारोहका बीच यसको सफ्ट लञ्च भएपनि आजबाट ग्राहकले सेवा लिन पाउनेछन् ।

तर, ग्राहकलाई यो सेवा लिएबापत ब्याज वा कुनै शुल्क नलिने तयारी छ ।

टेलिकमले आफ्नो १४औं वाषिर्कोत्सवको अवसरमा यो सेवा सुरु भएको घोषणा गरेको थियो ।

भोलिबाट प्रिपेड कार्ड बाहक ग्राहकले फोन गर्दा गर्दै पैसा सकिएमा पनि क्रेडिट लिएर फोन गर्न सक्नेछन् ।

शुक्रबार सूचना तथा सञ्चार राज्यमन्त्री गोकुल बास्कोटाले विहान १० बजे सेवाको थालनी गर्ने कार्यक्रम छ ।

अहिलेसम्म एनसेलले मात्रै सापटी दिने सेवा दिँदै आएको छ ।

यो योजनामा सापटीमा रुपमा कति रकमको सीमा राखिने भन्ने घोषणा आज नै हुनेछ ।

टेलिकमले ग्राहकले बिना पैसा कुरा गर्न पाएको समय बराबरको रकम भने पछि रिर्चाज गर्दा काट्ने व्यवस्था गर्दैछ ।

कसरी सेवा लिने भन्ने विषय पनि उद्घाटन कार्यक्रमै जानकारी दिइने टेलिकमले जनाएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्