‘सीडीओलाई अधिकार दिनु संघीयताविरोधी क्रियाकलाप हो – मन्त्री केसी



 

सैघाली खबर

बुटव,१६ चैत्र — संघीय सरकारले प्रमुख जिल्ला अधिकारीलाई शक्तिशाली बनाउन थालेपछि प्रदेशका आन्तरिक मामिला तथा कानुन  मन्त्री कुल प्रसाद केसी (सोनाम)  ले असन्तुष्टि व्यक्त गर्नु भएको छ ।त्यसले सुरक्षा र कर्मचारी परिचालनमा समस्या पर्ने उहाँको भनाई छ ।कर्मचारी प्रदेश मातहत राखेर परिचालन अधिकार दिनुपर्ने उहाँको बुझाई छ ।

सुरक्षा समिति जिल्ला समन्वय समिति प्रमुख मातहत राख्नुपर्ने भनाइ राख्दै मन्त्री केसीले संघ र प्रदेशका अधिकार प्रस्ट बनाउनु पर्ने धारणा व्यक्त गर्नुभयो ।संविधानले तीनै तह स्वतन्त्र र आफ्नो मूल्यअनुसार चल्ने भनेको छ  त्योअनुसार जिम्मेवारी बाँडफाँट र समन्वय नहुँदा विवाद बढ्ने र अन्तर्विरोध हुने सम्भावनाको अत्य गनु पर्ने धारणा राख्नुभयो ।

संविधानमै साझा अधिकार सूचीमा उल्लेख भएका कुरा पनि छन्  साझा सूचीका कुरामा विवाद छैन । त्यसमा उल्लिखित अधिकार र समन्वय सहमतिमै कार्यान्वयन गर्ने हो । तिनमा कानुन बाझ्नु भएन । बाझेमा अदालत हावी हुन्छ भन्ने चिन्ता हो । साझा स्थानीय तह, प्रादेशिक र संघीय तहको के–के हुने भन्ने राम्रोसँग होमवर्क गरेर सहमति जुटाउनु राम्रो हुन्छ । त्यसमा विवाद गर्नु जरुरी छैन  उहाँले भन्नुभयो प्रमुख जिल्ला अधिकारी सीडीओ लाई अधिकार दिनु संघीयता विरोधी क्रियाकलाप हो । ७७ जिल्ला राखे भइहाल्यो नि भन्दै खेत प्रकट गनुृभयो ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्