नेपाल पत्रकार महासंघले आज स्थापना दिवस मनाउँदै



सैघाली खबर
काठमाडौं ,१६ चैत
पत्रकारहरुको छाता संगठन नेपाल पत्रकार महासंघले आज स्थापनादिवस मनाउँदैछ । ६३औं स्थापनादिवसको अवसरमा महासंघले देशभरका विभिन्न ठाउँमा कार्यक्रमगर्दैछ । काठमाण्डुमा पत्रकामहासंघका पूर्व सभापतिलाई सम्मान सहितको कार्यक्रम राखिएको छ । महासंघका अध्यक्ष गोविन्द आचार्यले शुभकामना दिदै श्रमजीवी पत्रकारको हक हितका लागि पत्रकार महासंघ प्रतिवद्ध रहेको बताउनुभएको छ ।

राष्ट्रिय आमसञ्चार नीति २०७३ लाई कार्यान्वय नगर्ने र त्यसै अनुसारको नीति अनुरुप सूचनातथा सञ्चार सम्बन्धी कानुनी र संरचनागत व्यवस्थाका लागि उहाँले सरकारसँग मागगर्नु भएको छ । उहाँले विज्ञप्तीमा समानुपातिक विज्ञापन नीतिको कार्यान्वयन, पत्रकारका लागि दुर्घटना तथा स्वास्थ्यबीमा, जेष्ठ तथा अशक्त पत्रकारलाई जीवननिर्वाह भत्ताको गर्न पनिध्यानआकर्षण गराउनु भएको छ ।

स्थापना दिवसकाअवसरमा महासंघ केन्द्रीय कार्यालयमा विहान १० बजे महासंघका पूर्वसभापति तथा अध्यक्षज्यूहरूलाई सम्मान गर्ने कार्यक्रम रहेको छ । दिउँसो २ः०० बजेदेखि ५०० बजेसम्म चियापान कार्यक्रमको आयोजना गरेको छ । २०११ साल चैत १६ गते महासंघ स्थापनाभएको थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्