सञ्चार क्षेत्रको पुन संंरचना प्रमुख आवश्यकता – अध्यक्ष आचार्य



पत्रकार महासंघ ६३ औ बर्षमा प्रवेश

 

सैघाली खबर
काठमाण्डौ , १६ चैत्र । नेपाली पत्रकारहरूको साझा संस्था नेपाल पत्रकार आजबाट ६३ औं वर्षमा प्रवेश गरेको छ । स्थापना दिवसको अबसरमा शुभकामना सन्देश व्यक्त गर्दै नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले संघीय लोकतान्त्रिक गणतन्त्रको मूल मर्म र भावना अनुरुप नेपाली सञ्चार क्षेत्रको पुनर्संरचना अहिलेको प्रमुख आवश्यकता भएको वताउँनु भएको छ । अध्यक्ष आचार्यले शुभकामना विज्ञप्ती जारी गर्दै यस्तो वताउँनु भएको हो । सन्देशमा जस्तो सुकै प्रतिकूल अवस्थामा पनि अग्रजहरूले देखाएको मार्गबाट र विचलित नभई महासंघको उद्देश्य हासिल गर्न अझ सशक्तरूपमा लागि रहने प्रतिवद्धता उहाँले सम्पूर्ण पत्रकारलाई आग्रह गर्नुभयो ।

नेपाली सञ्चार क्षेत्र विभिन्न अवसर र चुनौतीका बीचबाट गुज्रिरहेको बताउँदै सञ्चार क्षेत्रले राज्यका सबै निकायका काम कारवाहीको निगरानी गर्नुका साथै सत्य–तथ्य सूचना प्रवाह समेत आग्रह गर्नुभयो । अध्यक्ष आचार्य द्धारा हस्ताक्षरित विज्ञप्तीमा राजनीतिक स्थायित्व सँगै विकास र सम्वृद्धिका पक्षमा आफ्नो जिम्मेवारी बहन गर्न पत्रकारलाई निर्देशन दिनुभयो ।

राष्ट्रिय आमसञ्चार नीति २०७३ लाई कार्यान्वयन गर्नु पर्ने,सूचना तथा सञ्चारसम्बन्धी कानुनी र संरचनागत व्यवस्थाका लागि म नेपाल सरकार र सरोकारवाला पक्षसँग आग्रह गर्दछु विज्ञप्तीमा भनिएको छ ।महासंघले अगाडि सार्दै आएको श्रमजीवी पत्रकार ऐनको पूर्ण कार्यान्वयन, पत्रकारको दक्षता अभिबृद्धिका लागि केन्द्र र प्रदेश स्तरमा आम सञ्चार प्रशिक्षण प्रतिष्ठानको स्थापना, आम सञ्चार प्राधिकरण, विज्ञापन परिषद् प्रेस काउन्सिलको पुर्नसंरचना, विदेशी टेलिभिजन च्यानलमा क्लीनफिड नीति लागू गर्ने व्यवस्था, समानुपातिक विज्ञापन नीतिको कार्यान्वयन लगाएतका माग कार्यान्वयन गर्न समेत उहाँले सरकार संग माग गर्नु भएको ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्