काँग्रेस नेता खुमबहादुर खड्काको निधन



काठमाडौँ, १६ चैत । नेपाली काँग्रेसका नेता खुमबहादुर खड्काको निधन भएको छ । उपचारको लागि भारत पुुगेका खड्काको अस्पतालमा नै निधन भएको हो ।

भारतको नयाँ दिल्ली स्थित अपोलो अस्पतालमा उपचारका क्रममा शुक्रबार उनको निधन भएको काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले ट्वीटर र फेसबूकमार्फर पुष्टि गरेका छन् । खड्का पूर्व गृहमन्त्री समेत हुन् । मृगौलाको समस्याबाट पीडित खड्का उपचारका लागि भारतको दिल्ली गएका थिए 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्