यस्तो छ ओलीको भारत भ्रमण तालिका



काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी चैत २३ गते भारत भ्रमण गर्ने पक्का भएको छ । परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री ओली तीन दिने राजकीय भ्रमणका लागि भारत जाने जानकारी दिएको हो ।

भारतीय समकक्षी नरेन्द्र मोदीको निमन्त्रणमा भारत भ्रमणमा जान लागेका ओलीले भ्रमणका क्रममा भारतीय राष्ट्रपति राम नाथ कोविन्द, उपराष्ट्रपति एम भेनाकाही नाइडु, प्रधानमन्त्री मोदीलगायतसँग भेट गर्ने कार्यक्रम रहेको छ ।

ओलीले पटनागर उत्तराखण्डको भ्रमण गर्ने विज्ञप्तिमा भनिएको छ । उनले गोविन्द बल्लभ पन्त युनिभर्सिटी अफ एग्रिकल्चर एण्ड टेक्नोलोजीमा आयोजना हुने कार्यक्रममा समेत सहभागीता जनाउने छन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्