संघीय संसदमा १४ वटा विषयगत समिति बनाइने



काठमाण्डौ
राष्ट्रिय सभामा ४ र प्रतिनिधि सभामा १० गरि १४ वटा मात्र विषयगत समिति बनाउने प्रक्रिया अघि बढाइएको छ ।

यसपघिको संसदमा यो भन्दा कम समिति   रहेका थिए ।
दुवै सभाका नियमावली मस्यौदा समितिले यसका लागिछलफल अघि बढाएका हुन ।

समितिका नाम भने अर्को वैठकमा टंगो लगाइने छ । संघीय संसद् सचिवालयले तयार पारेको नियमावलीको मस्यौदामा भने सातवटा विषयगत समिति रहने खाका तयार भएको थियो।

‘समितिको कार्यक्षेत्र विवाद नहुने गरी मन्त्रालयको आधारमा समितिको नाम टुंगो लगाइनेछ ।’ माओवादी नेतृ रेखा शर्माले भनिन्

सचिवालयले बनाएको प्रतिनिधिसभा नियमावलीको मस्यौदामा भने अर्थ, उद्योग तथा वाणिज्य समिति, कानुन, न्याय तथा अन्तर्राष्ट्रिय सम्बन्ध समिति, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति, राज्य व्यवस्था समिति, विकास तथा प्रविधि समिति, जनसंख्या, महिला तथा शिक्षा समिति र सार्वजनिक लेखा समिति गरी सातवटा समिति रहने उल्लेख छ ।

तर, सरकारले थप गरेको मन्त्रालयको नाम तथा सचिवालयले तयार पारेको नामका आधारमा १० वटै समितिको नाम टुंगो लगाउने समिति सदस्यहरूले बताएका छन् ।

प्रतिनिधिसभामा विषयगत समिति मात्रै १० वटा बन्ने भएपछि संसदीय सुनुवाइ समिति, महाअभियोग सिफारिस समिति लगायत अन्य विशेष समिति गठन हुन सक्नेछन् ।

राष्ट्रिय सभामा ४ वटा र प्रतिनिधिसभाका विषयगत मात्रै गरे पनि १४ वटा समिति बन्नेछन् ।

जुन यसअघिको व्यवस्थापिका–संसद्को समिति संख्याभन्दा बढी हो । यसअघि व्यवस्थापिका–संसदमा १२ वटा विषयगत समिति थिए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्