नेपाल कलाकार संघद्धारा अवार्ड वितरण



दिपक गुरुङ
काठमाण्डौ नेपाल कलाकार संघको दोश्रो फन अवार्ड वितरण शुक्रबार काठमाण्डौमा सम्पन्न भएको छ ।
कार्यक्रमको प्रधानमन्त्री केपीशर्मा ओलीले दीप प्रज्वलन गरेर उद्घाटन गरेका थिए । कार्यक्रममा लाइफ टाइम एचिवमेन्ट अवार्ड नीर शाहले प्राप्त गरेका थिए । स्टार अफ द इएर २०७३ एवार्ड नायक प्रदिप खड्का र साम्राज्ञी राज्यलक्ष्मी शाहले प्राप्त गरेका थिए ।

कार्यक्रममा प्रमुख अतिथिको तर्फबाट प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल कला संस्कृतिको उत्पत्ती भएको भूमी भएकोले विदेशीलाई समेत नेपालमा सुटिंग गर्न आकर्षित गर्नु पर्ने धारणा राखेका थिए । ओलीले नेपाल हेन्समहरुको देश भएको भन्दै साधन श्रोतको कमी भएपनि सरकारले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।
अतिथिको तर्फबाट बोल्दै नेपाल कलाकार संघका अध्यक्ष रामकेशर बोगटीले विदेशी भूमीमापनि नेपाली चलचित्रको विस्तार गर्नु यो अवार्ड वितिरणको उद्धेश्य रहेको बताए । उनले २०५५ सालमा सरकारले आफ्नो संगठनलाई उपलब्ध गराएको जग्गा आफूले भोगचलन गर्न नपाएकाले सो जग्गा उपलब्ध गराइदिन सरकारलाई आग्रह गरेका थिए ।
कार्यक्रममा सो संगठनका महासचिव सरिता लामिछानेले कलाकारले अवार्ड नपाउनु यो क्षेत्रमा पराजित हुनु नभएको बताइन ।
उक्त अवसरमा चलचित्र पत्रकारद्धय ध्रुव लम्साल र लक्ष्मण सुबेदीलाई सम्मान गरिएको थियो भने उत्कृष्ट द्धन्द निर्देशक एनवि महर्जन चुनिएका थिए ।

त्यस्तै उत्कृष्ट गीतकार कृष्णहरी बराल , उत्कृष्ट गायक कालीप्रसाद बराल , उत्कृष्ट गायीका मीना निरौला, उत्कृष्ट संगीतकार राजनराज शिबाकोटी ,उत्कृष्ट सम्पादक दिल गु गुरुङ , उत्कृष्ट छाँयाकर रवीन आचार्य , उत्कृष्ट पटकथा दिकराज गिरी नृत्य निर्देशक छविराज गोवात्राज , हास्यकलाकार केदार घिमिरे उत्कृष्ट नव निर्देशक दिपाश्री निरौला उत्कृष्ट चलचित्र अभिनेता सन्तोष पन्त लाई घोषण गरिएको थियो । 
कार्यक्रममा कलाकारहरु हरिर्वश आचार्य, नीर शाह,शुन्धारा भूशाल , मिथिला शमा लगाएतको उपस्थिति रहेको थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्