खड्काको अन्त्येष्टि भोलि आज साँझ काठमाडौं ल्याइने



कांग्रेस नेता खुमबहादुर खड्काको पार्थिव शरीर आज साँझ काठमाडौं ल्याइने भएको छ । अन्त्यष्टि भने भोलि हुनेछ ।

कांग्रेस नेता शंकर भण्डारीले खड्काको शव अाज राति ९:०० बजे फ्लाईटमा दिल्लीबाट काठमाडौं ल्याइने र भाेलि अन्त्यष्टि गरिने जानकारी दिए ।

खड्काको शव अन्तिम श्रदाञ्जलीका लागि पार्टी कार्यालय सानेपामा राखिनेछ । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले दिएको जानकारी अनुसार, भोलि बिहान ८ बजेदेखि २ बजेसम्म खड्काको शव पार्टी कार्यालय सानेपामा राख्ने र अपरान्ह ३ बजे पशुपति आर्यघाटमा अन्त्यष्टि गरिने छ ।

दिल्लीस्थित भारतको अपोलो अस्पतालमा उपचारका क्रममा खड्काको शुक्रबार निधन भएको थियो । खड्का केही समयदेखि मिर्गौला, छाती र नसाको समस्याबाट पीडित थिए ।

को हुन् खड्का
२००८ साल जे ठ १२ गते  दाङको  धर्नामा टेकबहादुर खड्का र चन्द्रकली खड्काको  काइला छोराको  रुपमा जन्मनुभएका खड्का कांग्रेसका प्रभावशाली नेताको  रुपमा स्थापित हुनुभएको  थियो  । दाङबाट आफ्नो  राजनीतिक यात्रा शुरु गर्नुभएका खड्का २०४८, ०५१ र ०५६ सालको  प्रतिनिधिसभा चुनावमा दाङबाटै  विजयी हुनुभएको  थियो  । उहा ०४८ सालदेखि ०५८ सालसम्म आठपटक मन्त्री हुनुभएको  थियो  ।

भौतिक योजना तथा यातायातमन्त्री हुदा भ्रष्टाचार गरेको  भन्दै  विशेष अदालतको  फैसलाअनुसार उहाले  जेल जीवन पनि बिताउनुभएको  थियो  । भ्रष्टाचारको  आरोपमा जेल सजाय भोगेको  भए पनि पार्टीपंक्ति र शुभे च्छुकमाझ उहाको  लोकप्रियता घटेको  थिएन । फलस्वरुप कांग्रेसको  १३ औ  महाधिवे शनमा शेरबहादुर देउवाको  प्यानलबाट केन्द्रीय सदस्यमा उम्मेदवार बन्नुभएका खड्का भारी मतले  विजयी हुनुभएको थियो  । यसअघि कांग्रे स विभाजन हुदा खड्का देउवा नेतृत्वको  कांग्रेस प्रजातान्त्रिकमा लागेर फेरि संस्थापनमै फर्किनुभएको  थियो  ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्