दाङले गुमाएको खुमबहादुर



जनक नेपाली
दाङ,१७ चैत्र नेपाली कांग्रेसका केन्दीय सदस्य खुमबहादुर खड्काको उपचारका क्रममा शुक्रवार निधन भएको छ । भारतको नयाँ दिल्ली स्थित एपोलो अस्पतालमा उपचारका क्रममा उहाँको निधन भएको हो । पूर्व गृहमन्त्री समेत रहनु भएका ६६ बर्षिय खड्का लामो समय देखी मृर्गौला रोगका पिडीत रहदै आउँनु भएको थियो । २००८ साल जेठ १२ गते साविक धर्ना गाविस – ६ भैसापथ्रामा खड्को जन्म भएको थियो । बुबा टेकबहादुर खड्का र आमा चन्द्रकला खड्काको काईला सन्तानका रुपमा उहाँको जन्म भएको थियो ।

यति बेला खड्काको निधनले सङ्गो दाङनै स्तव्ध बनेको छ । राजनितिक यात्रा क्रममा महत्व पूर्ण योगदान पु¥र्याएका खड्कको निधनलाई दाङका सर्वसाधारणले विकास प्रेमी नेता गुमाएको अनुभती गरेका छन् । सामान्य चिया पसल देखि राजनितिको मुलधार सम्म चर्चामा आई रहने खुमबहादुरको निधनले एउटा उर्जाशिल व्यक्तित्व गमाएको उहाँका सहपाठी एव पूर्वमन्त्री बदलेव शर्मा मजगैँयाले वताउँनुभयो ।

यस्तै प्रदेश नं. ५ का प्रदेश सभा सदस्य डिल्ली चौधरीले आफुले विकासको एउटा धरोहर ढलेको बताउँनुभयो । दाङको विकासमा महत्वपूर्ण योगदान पु¥र्याएका खड्काले पछिल्लो समय दाङको भौतिक पुर्वाधार विकासका लागि उक्तिकै मेहनतका साथ लाग्नु भएको थियो ।गिरिजाप्रसाद कोईराला पछिका कुशल संगठनकर्ता गुमाएकोले कांग्रेसलाई अतुलनीय क्षति पुगेको विश्लेषकहरु वताउँन् । खड्का प्रजातान्त्रिक नेता रुपमा भुमिका खेल्दै आएको अभिव्यक्ति दिदै राज्यलाई नै उहाँले निधनले क्षति पु¥र्याएको छ ।

निष्ठाका धरोहर खड्का
कांग्रेस परिवारमा जन्मेका खड्का निकै खरो र क्रान्तिकारी व्यत्तित्वका रुपमा उहाँ रहनु भएको थियो । २००७ सालको क्रान्तिपछि कोईलावासका सहायक क्लेक्टर वनेका उहाँका बुवाको कारण कांग्रेस प्रति आस्थावान भएका खड्का भरतपुर हाई स्कुल पढ्ने समय देखि नै प्रजातन्त्र प्राप्तीको आन्दोलनमा आफुलाई होम्दै आउँनु भएको थियो ।

 

२०२७ सालमा पुस १ गते घोराहीमा आयोजित एक सभामा राजा रानीको फोटो च्यातेर प्रहरीको घेरा तोड्दै उहाँ बनारस गएर लामो समय सम्म उतै बस्नु भयो । त्यस लगतै खड्का तरुणदलको अध्यक्ष भएर भुमिका निर्वाह गर्नु भएको थियो । २०२८ सालमा कांग्रेसद्धारा संचालित सशस्त्र संघषमा भाग खड्को सम्पति पंच्यायतले सर्वश्व गरेको थियो । खड्का विपि कोईरालाको साथमा राष्ट्रिय एकता तथा मेल मिलापको निति अन्तरगत २०३३ साल माघ १६ गते उहाँ नेपाल र्फकनु भएको थियो ।

खड्का २०३९ देखि ०४१ सम्म कांग्रेस दाङको सभापति त्यसपछि उहाँ निरन्तर केन्द्रिय सदस्यको भुमिकामा रहदै आउँनु भएको थियो । त्यस लगतै ०४२ समा सत्याग्रहमा खड्का जेल पर्नु भएको थियो । लगतै ०४६ मा कांग्रेसको राप्ती अंचलको कमाण्डरको भुमिकामा रहनु भएको थियो । २०४८ सालको आम निर्वाचनमा खड्का दाङ क्षेत्र नं. ३ बाट पहिलो पटक निर्वाचित हुनु भएको थियो । निर्वाचित भए संगै खड्का यातायात मन्त्री भएर भुमिका निर्वाह गर्नु भएको थियो ।

त्यसै २०५१ सालमा मध्यावधि निर्वाचनमा दाङ क्षेत्र नं. ४ बाट निर्वाचन जितेर गृह मन्त्री समेत बन्नु भएको थियो । २०५६ सालमा भएको आम निर्वाचनमा क्षेत्र नं. १ बाट निर्वाचन जित्नु भएको थियो । २०५८ साल असोजमा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाको निर्वाचन सार्ने प्रस्ताव गृहमन्त्री हुदै खड्काले असहमति जनाउँनु भएको थियो ।

 

असोज १८ गते राजाको कु पछि खड्का राजाको तारो बन्दै आउँनु भएको थियो । २०५९ सालमा खड्का माथी भष्टचारको मुद्धा लागेको थियो । विरामीको समयमा पछि खड्काले दाङ प्रादेशिक राजधानी बनाउँनका लागि भुमिका निर्वाह गरेको वताउँदै आएका थिए । जिल्लाको वहृत विकासका लागि निकै योगदान पु¥र्याएका खड्काको निधनले अब विकासको एउटा ईटा थप्ने मान्छेको अभाव हुने देखिएको स्वर्गीय खुमबहादुर खडका प्रति भापूर्ण श्रद्धाञ्जली ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्