वृद्ध बाआमासँग बस्छु भन्दा गर्व गर्ने संस्कार आवश्यक – प्रदेश सभामुख घर्ती



जेष्ठ नागरिकको राष्ट्रिय सम्मेलन दाङमा

 

 

दाङ १७ चैत्र । पाँच नम्बर प्रदेश सभाका सभामुख पूर्णबहादुर घर्तीले बृद्ध बाआमासँग बस्छु भन्दा गर्व गर्ने संस्कारको विकास गर्न आवश्यकता रहेको औल्याएको बताउँनु भएको छ ।जेष्ठ नागरिक महासंघको राष्ट्रिय सम्मेलन एवं छैठाँै महाधिवेशनको घोराहीमा उद्घाटन गर्दै उहाँले यस्तो वताउँनु भएको हो ।

सभामुख घर्तीले पछिल्लो समय पुँजीवादका कारण परिवारहरु छिन्न भिन्न हुँदै गएको बताउँदै । ‘शहरीकरण, विकास, पुँजीवाद जस्ता कारणले छिमेकी, परिवार टाढा हुँदै गएको मा दुःख व्यत्त गर्नुभयो । आधुनिक युगमा पुँजीवादले परिवारको अपनत्व गराउन नसकेको बताउँदै एकै ठाउँमा भए पनि मन फरक फरक ठाउँमा हुने गरेको उहाँले वताउँनुभयो ।‘जीवनभर लालनपालन र शिक्षदीक्षा दिने आमाबाबुलाई छोराहरुले पालेको छु भनेर भन्ने संस्कार विकास भएको छ, उनले थपे, ‘आमाबाबालाई पालेको हैन म आकाबासँग बसेको छु भनेर गर्व गर्ने संस्कार विकास गर्न जरुरी रहेको वताउँनुभयो ।

सो अवसरमा बोल्दै उनले जेष्ठ नागरिक मैत्री कानून र सोही अनुसारको संस्कार निर्माण गर्ने दायित्व राज्यको भएको पनि बताए । अहिले संघ, प्रदेश र स्थानीय तहको सरकार गठन भइसकेको भन्दै उनले सवै तहले जेष्ठ नागरिकको सरोकारका विषयमा गम्भिर भएर कानून निर्माण गर्नु पर्ने र त्यसलाई लागु गर्न तत्परता देखाउनु पर्ने पनि धारणा राख्नुभयो ।सो अवसरमा बोल्दै बरिष्ठ पत्रकार नारायणप्रसाद शर्माले पछिल्लो समय आदरभाव, सेवाभाव घट्दै गएको प्रति चिन्ता व्यक्त गर्दै व्यवहार परिवर्तन गर्न आवश्यक रहेको औल्याएका थिए ।

कार्यक्रममा प्रदेश सभा सदस्य सरस्वति गौतम, नेकपा माओवादी केन्द्रका लुमबहादुर कार्की, लमही नगरपालिकाका प्रमुख कुल बहादुर केसी, घोराही उपमहानगरपालिकाका उपप्रमुख सीता न्यौपानेले राजनीतिक दल, स्थानीय सरकार जेष्ठ नागरिक प्रति जिम्मेवारी वोध गरेर अघि बढीरहेको बताएका थिए । जुन घरमा बाबुआमालाई श्रद्धा गरिन्छ त्यस घरमा मात्रै सुख र शान्ति प्राप्त हुने बताएका थिए । उनीहरुले मानिस त्यसै वृद्ध नहुने भन्दै जीवनभर उनीहरुले समाजका लागि गरेको योगदानको कदर स्वरुप पनि परिवार र समाजले उनीहरुको सम्मान गर्नु पर्ने पनि औल्याएका थिए ।मदनदाष श्रेष्ठले अध्यक्षतमा भएको कार्यक्रमको संचालन गर्नु भएको थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्