क्रियटिभ टेक्नो सोलुशनस को Dealers’ Meet कार्यक्रम सम्पन्न भएको छ ।



दाङ, चैत्र १८ , क्रियटिभ टेक्नो सोलुशनस को Dealers’ Meet कार्यक्रम मिती २०७४/१२/१५,१६ गते, क्रियटिभ टेक्नो सोलुसन्सले आयोजना गरेको डिर्लस मिट Dealers’ Meet कार्यक्रम सम्पन्न भएको छ र उक्त कार्यक्रममा कम्पनीका ः Mission, Vision  र Product को बारेमा यस कम्पनीका संचालक श्री अमर अधिकारी द्धारा जानकारी गराउनु भएको थियो ।

Product को विस्तृत जानकारी Software Developer आनन्द तिवारी ले दिनुभएको थियो र कम्पनीको Sales Strategy  बारे Sales Department Head श्री भिम गिरी द्धारा जानकारी गराउनु भएको थियो

यस कम्पनीको Dealership सुर्खेत (Everest Computer), बाकेमा (GH Computer), धनगढिमा (NITC Computers) र महेन्द्रनगरमा ( Creative Innovation) लाई प्रदान गरिएको, उक्त २ दिने कार्यक्रमा ःMotivational Training श्री निशान्त आचार्य , Business Entrepreneur Training Case Study को बारे CA श्री दिपक सेट्ठ्ठीले जानकारी दिनुभयो ।

यस कम्पनीको Product हरुमा पाठशाला ( School Management Software), CTS Hospital ( Hospital Management System) , CTS Hotel ( Hotel Management System) हाम्रो हाजिरी ( Payroll Management System) , ( Online Based School Management System) हरु रहेका जानकारी गराउनु भएको थियो ।  

कार्यक्रमको समापन समारोहमा, कार्यक्रममा उपस्थित हुनुभएका सम्पुर्णलाई प्रमाणपत्र र मायाको चिनो यस कम्पनीका CEO श्री सरोज गिरी द्धारा प्रदान गर्नुभएको थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्