नेपालगन्ज १७ चैत्र — मुख्यमन्त्री शंकर पोखरेलले प्रदेश नम्बर ५ लाई सिंगो नेपालको प्रतिनिधित्व गरेको भन्दै मुलुककै समृद्ध प्रदेश बनाउने प्रतिबद्वता जनाउँनु भएको छ ।त्यसका लागि निजी क्षेत्रसँग सहकार्य आवश्यक रहेको उहाँले बताउँनुभयो
मन्त्री पोखरेलले निजी क्षेत्रमा हुने लगानी सुरक्षाको ग्यारेन्टी प्रदेश सरकारले गर्ने बताउँनुभयो ।५ नम्बर प्रदेश बुद्धभूमिसँगै सिंगो नेपालको संस्कृति तथा पर्यटनको प्रतिनिधित्व गर्दै आइरहेको समेत बताउँनुभयो ।लायन्स क्लब इन्टरनेशल ३२५ बी २ को छैटौं कन्भेसनलाई शनिबार सम्बोधन गर्दै उनले अबको पालो विकास र समृद्धि रहेको बताए । उहाँले परम्परागत व्यवसाय र कृषि प्रणालीले मुलुकमा विकास सम्भव नभएको दाबी गर्नुभयो

थाहा अनलाइन
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।