सबैको घरमा स्वच्छ खानेपानी पुग्छ : मन्त्री बिना



धनगढी, १७ चैत्र । खानेपानी मन्त्री बिना मगरले स्वच्छ र सफा खानेपानी देशका सबै जनताको पहुँचमा पुर्याउन आफू प्रतिवद्ध रहेको बताएकी छिन् ।

प्रेस सेन्टर नेपाल र प्रेस चौतारी नेपालले धनगढी विमानस्थलमा शनिबार आयोजना गरेको पत्रकार सम्मेलनमा धेरै जनता आधारभूत रुपमा खानेपानीको सुविधा उपभोग गर्नबाट वञ्चित रहेको बताइन् । ‘स्वच्छ खानेपानी संविधानमै मौलिक अधिकारका रुपमा व्यवस्था गरिएको छ’ उनले भनिन्, ‘तर सबै चुनौतिको सामना गर्दै स्वच्छ, सफा खानेपानी सबै जनताको पहुँचमा पुर्याउन म प्रतिवद्ध छु ।’

सबै जनतालाई खानेपानी पुर्याउने दायित्व बोकेको खानेपानी मन्त्रालय गम्भीर ढंगले यो दायित्व वहन गर्न लागि परेको मन्त्री मगरले बताइन् । उनले निर्माणाधिन मेलम्ची आयोजनाको पानी काठमाडौंमा छिट्टै वितरण गर्ने गरी आयोजना निर्माणको काम भइरहेको जानकारी दिइन् ।

आफ्ना दिवंगत श्रीमान प्रकाश दाहाल र क्यान्सरका कारण दिवंगत भएकी ज्ञानु दाहालको स्मृतिमा कञ्चनपुर क्षेत्र नम्बर १ मा सर्वसाधारणको क्यान्सर जाँच अभियानका लागि मन्त्री मगर धनगढी पुगेकी हुन् ।

भरतपुर क्यान्सर अस्पतालको सहयोगमा कञ्चनपुर क्षेत्र नम्बर १ मा महिलाका लागि पाठेघर र ब्रेष्टको क्यान्सर चेकजाँच अभियान संचालन गर्न लागिएको मन्त्री मगरले जानकारी दिइन् । मन्त्री भएपछि बिना पहिलोपटक आफ्नो निर्वाचन क्षेत्र पुगेकी छिन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्