उज्यालो नेपाल डटकमका प्रधान सम्पादक मनहरि तिमिल्सिना उत्कृष्ट युवा पत्रकारिता पुरस्कारबाट पुरस्कृत भएका छन् ।
रिपोर्टर्स क्लब नेपालको
२० औं वार्षिको
त्सवका अवसरमा आयोजित कार्य
क्रममा तिमिल्सि
ना पुरस्कृत भएका हुन् । माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड प्रधानमन्त्री हुँदा उत्कृष्ट मीडिया म्यानेजमेन्ट गरेको ठहरसहित उनलाई सम्मान गरिएको हो ।
तिमिल्सिनालाई १० हजार नगद र प्रमाण पत्रसहित प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी केन्द्रका अधयक्ष प्रचण्डले संयुक्त रुपमा सम्मान गरेका हुन् । रिपोर्टर्स क्लबले पत्रकारिता क्षेत्रमा बिशिष्ट योगदान गर्ने पत्रकारहरुलाई वर्षेनी सम्मान गर्दै
आइरहेको छ ।

थाहा अनलाइन
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।