काठमाडौँ, १७ चैत । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बेहोस भएको भनी शनिबार साँझ सामाजिक सञ्जालहरुमा व्यापक हल्लाखल्ला भयो ।
प्रधानमन्त्री केपी शर्मा ओलीसँगै रिपोर्टर्स नेपालको कार्यक्रममा सँगै देखिएका प्रचण्ड एकाएक कसरी बिरामी भए भनेर चासोको पनि विषय पनि बन्यो ।
खासगरि, ट्वीटरमा प्रचण्ड बिरामी परेको भन्ने थुप्रै भ्रामक ट्वीट आइरहेको छ । तर, यस विषयमा दैनिक नेपालले प्रचण्डको सचिवालयमा जिज्ञासा राख्दा उनी ठीकठाक भएको जबाफ आयो ।
किन चल्यो त हल्ला ? बुझ्दै जाँदा आइतबारको अप्रिल फुल शनिबार साँझ नै सामाजिक सञ्जालमा मनाइएको रहेछ । सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले प्रचण्डको स्वास्थ्य जस्तो संवेदनशील विषयमा हल्ला चलाएर अप्रिल फुल मनाइरहेका छन् ।
अप्रिल १ लाई संसारभर अप्रिल फुलका रुपमा मनाउने गरिन्छ । तपाईं पनि झुक्किनुहोला है
सञ्जालहरुमा व्यापक हल्लाखल्ला भयो ।
प्रधानमन्त्री केपी शर्मा ओलीसँगै रिपोर्टर्स नेपालको कार्यक्रममा सँगै देखिएका प्रचण्ड एकाएक कसरी बिरामी भए भनेर चासोको पनि विषय पनि बन्यो ।
खासगरि, ट्वीटरमा प्रचण्ड बिरामी परेको भन्ने थुप्रै भ्रामक ट्वीट आइरहेको छ । तर, यस विषयमा दैनिक नेपालले प्रचण्डको सचिवालयमा जिज्ञासा राख्दा उनी ठीकठाक भएको जबाफ आयो ।
किन चल्यो त हल्ला ? बुझ्दै जाँदा आइतबारको अप्रिल फुल शनिबार साँझ नै सामाजिक सञ्जालमा मनाइएको रहेछ । सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले प्रचण्डको स्वास्थ्य जस्तो संवेदनशील विषयमा हल्ला चलाएर अप्रिल फुल मनाइरहेका छन् ।
अप्रिल १ लाई संसारभर अप्रिल फुलका रुपमा मनाउने गरिन्छ । तपाईं पनि झुक्किनुहोला है !
के हो अप्रिल फुल ?
ग्रोरियन क्यालेन्डरको अप्रिल १ तारिकलाई अप्रिल फुलका रुपमा मनाउने गरिन्छ । तर यो अप्रिल फुल किन मनाउन थालियो भन्ने एकिन इतिहास छैन । अप्रिल फुल मनाइने विभिन्न अनुमान भने छन् । मध्ययुगमा युरोपका सबैजसो सहरहरुमा मार्च २५ मा नयाँ वर्षको उत्सव मनाइन्थ्यो । फ्रान्सको केही क्षेत्रमा एक हप्तासम्म नयाँ वर्ष मनाइन्थ्यो । अप्रिल १ देखि नयाँ वर्ष सुरु भएको मान्ने गरिन्थ्यो ।
जो मानिसहरु जनवरी १ तारिकमा नयाँ वर्ष मनाउँथे उनीहरुले अप्रिल १ मा नयाँ वर्ष मनाउनेहरुलाई मुर्ख भन्न थाले । अप्रिल १ नयाँ वर्ष होइन ‘अप्रिल फुल’ हो भन्न थालियो ।
सन् १५६४ देखि फ्रान्सले पनि आधिकारिक रुपमा जनवरी १ लाई नयाँ वर्ष अवलम्वन गर्यो । तर सरकारको त्यो निर्णय मन नपराउनेहरु पनि निस्किए । जसले अप्रिल १ मै नयाँ वर्ष हुनुपर्छ भन्न थाले । यस्तो भन्ने पुरानाहरुलाई नयाँले मुर्ख भन्न थाले भन्ने तर्क दिने गरिन्छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।