काठमाडौं, १८ चैत । कांग्रेस नेता खुमबहादुर खड्काको शव शनिबार राति पौने ११ बजे जेट ए
यरको वि
मानबाट नेपाल ल्याइएको छ ।
कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्मालगायत ठूलो संख्यामा कांग्रेस कार्यकर्ता तथा शुभचिन्तक उनको शव लिन विमानस्थल पुगेका थिए ।
खड्काका छोरा अनुराग बेलायतमा रहेको र उनी नयाँ दिल्ली पुगेपछि मात्र शव नेपाल ल्याइएको हो ।
उनको शव शनिबार राति उनको निवासमा राखिएको छ । कांग्रेस पार्टी कार्यालयका अनुसार खड्काको शव श्रद्धाञ्जलिका लागि आज बिहान ८ बजेदेखि पार्टी कार्यालय सानेपामा राखिनेछ ।
सानेपाबाट शव यात्रासहित आइतबार बेलुका खड्काको शव पशुपति आर्यघाटमा अन्त्यष्टि गरिने कांग्रेसले जनाएको छ ।
मिर्गौला रोगबाट पीडित खड्को शुक्रबार दिउँसो दिल्लीस्थित एपोलो अस्पतालमा निधन भएको थियो ।


मदहादुर खड्का निकट मानिने दांग निवासी महेश श्रेश्ठले जानकारी दिएका छन् ।खड्काको बारेमा फेसबुकमा यस्तो देखियो

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।