महाकाली नदिमा भारतीयलाई पुल बनाउन अनुमति दिएपछि स्थानीयद्धारा विरोध



सरकारले महाकाली नदिमा पुल लगाउन भारतलाई अनुमति दिएपछि नेपाली पक्षबाट विरोध भएको छ ।

गृह मन्त्रालयले जिल्ला प्रशासन दार्चुलालाई पत्राचार गरी पुल सञ्चालनको अनुमति भारतीय पक्षलाई दिन निर्देशन गरिएको जानकारी पाएपछि स्थानीयले विरोध जनाएका हुन् ।

भारतीय पक्षले माग गरे अनुरुप ब्यास गाउँपालिकाको वडा नम्बर २ को नजांग, लखनपुर र छाङकङरे खोलामा अस्थायी काठे पुल लगाउन सरकारले भारतलाई अनुमति दिएको दार्चुलाका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले बताए ।

कैलाश मानसरोवर जाने तीर्थ यात्री तथा नेपाल भारतका शौका समुदायको हुने बसाई सराईलाई ध्यानमा राखी केही समयका लागि मात्रै अनुमति दिएको उहाँको भनाई छ ।

त्रिदेशीय सीमाको रुपमा रहेको तथा राज्यको सामरिक महत्व बोकेको क्षेत्रमा सुरक्षा सम्वेदनशीलतालाई नबुझी भारतलाई पुल निर्माणका लागि सरकारले अनुमति दिएको स्थानीयको आरोप छ ।

यस अघि भारतीय पक्षले नेपालको सहमति बिनै ब्यास गाउँपालिकाको वडा नम्बर २ को ताम्पाक, नजांग, घाटीबोगड, मल्लो घाटीबोगड र वडा नम्बर १ को छाङकाङरे र बुदी खेलामा अस्थायी काठे पुल लगाएर भारत पट्टी निर्माण भैइरहेको सडकमा काम गर्ने मजदुरहरुलाई आवत जावत गराइरहेको थियो ।

नेपाली भूमिमा डेढ किलो मिटर कच्ची सडक र झण्डै दुई किलो मिटर बाटो समेत निर्माण गरेको थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्