‘अधिकार विमुख वादी र गन्दर्भ समुदाय ’



गिरिराज नेपाली
आषाढ ५ , दाङ । नेपालको संविधानले सवै जाति , वर्ग, क्षेत्र र लिङ समान अधिकार दिए पनि सामाजिक , आर्थिक र राजनितिक एंव अन्य रुपमा पछि परेको दलित समुदाय मध्येकै वादी र गन्दर्भ जातिहरु अझै पनि अधिकार वाट वञ्चित भईरहेको एक कार्यक्रमका सहभागीहरुले वताएका छन ।

राष्ट्रिय मानव अधिकार आयोगले सोमवार घोराहीमा आयोजना गरेको वादी र गन्र्दभ जातिहरु न्यायमा पहुच र अधिकार विषयक छलफल कार्यक्रममा सहभागीहरुले सामाजिक , आर्थिक , राजनितिक , शिक्षा , स्वास्थ्य लगाएत जन्मसिद्ध अधिकार समेत वादी र गन्दर्भ जातिहरु विमुख भईरहेको टिप्पणी गरेका थिए । सामाजिक , आर्थिक र शैक्षिphoक रुपमा ति समुदाय सक्षम र सवल हुन नसक्दा अधिकार वाट वञ्चित भएको टिप्पणी गरेका थिए ।
राष्ट्रिय मानव अधिकार आयोग क्षेत्रिय कार्यालय नेपालगंजकी द्ववारिका कुमारीको अध्यक्षता एंव नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सविन प्रियासनको अध्यक्ष्तामा सम्पन्न कार्यक्रममा वोल्दै सहभागिहरुले दाङमा जातिय रुपमा पछि परेको वादी ,गन्दर्भ , सुकुम्वासी र कमैया कमलहरीहरु जातिय छुवाछुत र दासता वाट मुक्त भए पनि अधिकार वाट अझै सम्पन्न वन्न नसकेको वताए । कार्यक्रममा प्रमुख अतिथि नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सविन प्रियासनले राज्यले सवै जाति वर्ग क्षेत्र धर्म र समुदाय लाई अधिकार सम्पन्न गराए पनि वादी र गन्दर्भै जाति अझै अधिकार वाट विमुख भई रहेको वताए । उनले भने कतिपय वादी र गन्दर्भ समुदायका महिलाहरु जन्मसिद्ध अधिकार पाउन सकेका छैनन । जसका कारण उनीहरुले राज्यले दिन अधिकार र सेवाको पाउन नसकेको वताएका थिए ।
त्यस्तै कार्यक्रममा पत्रकार गिरिराज नेपाली दलित समुदाय मध्येकै अझै पछि पारिरहेकाले वादी र गन्दर्भ जातिहरु सामाजिक र जातिय रुपमा पछि पारिरहेको वताएका थिए । उनलेभने ‘अझै पनि ति समुदायमा नागरिक , शिक्षा स्वास्थ्य शुद्ध खानेपानी जस्ता समस्याहरु व्यप्त भएको वताएका थिए । कतिपय वालवालिकाहरु जन्मदर्ता नहुदा विद्यालय भर्ना हुन नसकेको भनाई राख्दै उनले भने ‘मौसमी कामदार र सडक वच्चाका रुपमा वादी र गन्दर्भ वालवालिकाहरु वनेको छन । तर राज्यले उनीहरु लाई संरक्षण गरी शिक्षा दिन नसकेको समेत आरोप लगाए । उनले भने राज्यले सवै जाति वर्ग लाई समान अधिकार दिए पनि त्यो अधिकार अनुभुती उक्त समुदायले अझै गर्न नपाएको वताएका थिए ।
कार्यक्रम नागरिक समाज दाङका सचिव चन्द्रराज पन्तले जातिय रुपमा पछि पारिएका वादी र गन्दर्भ जातिहरु अझै पनि जातिय विभेद र अ्िधकार वाट विमुख भईरहेको वताएका थिए ।
साथै उक्त कपछिल्लो समय दाङमा मानव अधिकार उलङघटनाका घटनाहरु मौलाउदै जानुले दाङगाली वासीहरु चरम अधिकार उलङघनको चपेटामा पर्दै जान थालेको एक कार्यक्रमका सहभागीहरुले वताएका छन । उक्त गतिविधिहरु लाई निरुत्साहित गर्दै सामाजिक सचेतनाको विकास संगै मानव अधिकारको प्रत्याभुती दिलाउनु पर्नेमा जोड दिए । उक्त कार्यक्रममा आयोगकी कुमारी महरा ,ओरेक नेपालकी तुलसा गिरी , मानव अधिकारकर्मि विनोद केसी लगाएतकाले भनाई राखेका थिए । भने कार्यक्रमको सहजीकरण अमृता थारुले गरेकी थिईन ।

परियोजना वारे छलफल
मानव अधिकार क्षेत्रमा क्रियाशिल अनौपचारिक सेवा केन्द्र ‘ईन्सेक ’ परियोजना वारे सोमवार घोराहीमा छलफल भएको छ । जिल्ला समन्वय समिति डा.गोविन्द आचार्यको अध्यक्षतामा परियोजना वारे छलफल भएको थियो । परियोजना जिल्लामा मानव अधिकार संरक्षण , प्रर्वद्धन , सामाजिक सचेतीकरण तथा उपभोक्ता अधिकार सवाल लाई वकालत गर्दै आईरहेको छलफलका सहभागीहरुले वताएका थिए । छलफलमा मानव अधिकार संन्जलका केशव कुमार शर्माले स्वास्थ्य , शिक्षा र खानेपानी जस्ता क्षेत्रमा खवरदारी र पहरेदारी गर्दै आईरहेकाले वताएका थिए । अनौपचारिक रुपमा मानव अधिकार क्षेत्रमा काम गर्दै आईरहेको वताएका थिए । छलफलमा मानवअधिकारकर्मि विनोद केसी लगाएतकाले भनाई राखेका थिए । कार्यक्रमको सहजीकरण ईन्सेक प्रतिनिधि जेएन सागरले गरेका थिए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्