पछिल्लो समयमा विभिन्न मेला महोत्सवमा व्यस्त, गायक प्रेम विवश घर्तीले चैत्र महिनाको पहिलो साता मा तीन ओटा गीतमा मा स्वर भरेका छन् । प्राय मौलिक लोक दोहोरी गीत, तीजका गीतहरु र देश भक्ती गीत बाट चर्चा बटुलेका गायक घर्तीले यस्पाली भने पछिल्लो समयमा विषेश गरि युवा वर्गले मन पराउने गरेको डि जे टाइप को गीत रेकर्ड गरेका छन् । सत्यवती मिडिया फिल्मस्बाट बजारमा आउन लागेको गीत मा गायक घर्तीलाई गायिका तृप्ती खड्का ले साथ दिएकी छिन् भने गीतको थेगो शुवास घर्तीले तयार पारेका हुन् । विन्दास मान्छे नामको एल्बम मा गायक प्रेम विवश कै सँगीत रहेको छ भने सोमबार मारुनी रेकर्डिङ स्टुडियोमा रेकर्ड सकिएको छ । विन्दास मान्छे नामको यल्वमको गीत सबैको पृय गीत बन्ने आशा लिएको गायक घर्तीले बताएका छन् । त्यस्तै मध्यपश्चिम को पहिचान झल्काउने नाचौ झुमेर टप्पा गीत गायिका राधिका हमाल सँग गरेका छन् भने टप्पा गीतमा मध्यपश्चिम का धार्मिक तथा पर्यटकिय क्षेत्रलाई समेटेर अनी थारु जातीको सँस्कृती झल्कने सखिरे हो लाई पनी प्राथमिकता दिदै तयार पारेको गायक घर्तीले जानकारी दिए । घर्तीलाई टप्पा गीतमा गायिका राधिका हमालले साथ दिएका छन् भने म्यूजिक बैंकले उक्त गीतलाई बजार व्यवस्थापन गर्दै छ । सोम बार मात्र टप्पा गीतको अडियो म्यूजिक बैंक स्टुडियोमा फाइनल भए पनी शुटिङको काम अझै बाँकी रहेको घर्तीले बताए । त्यस्तै गायिका शशी पुनको गीत लुकी लुकी मा पनी गायक घर्ती ले स्वर दिएका छन् । गायिका शशी पुनकै शब्द सँगीतमा रहेको उक्त गीत बुधबार मारुनी रेकर्डिङ स्टुडियो मा गायक घर्ती र गायिका शशि पुनले यल्वम लुकी लुकी मा स्वर दिएका हुन्
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।