तुलसीपुरको एक सामुदायीक बिद्यालयमा अंग्रेजी माध्यामबाट पढाई हुने



सैघाली खबर
दाङ,१८ चैत

तुलसीपुर उपमहानगरपालिका १२ टरिगैंमा रहेको जनमुखी प्राथमिक विद्यालयमा अंग्रजी माध्यामबाट पठन पाठन हुने भएको छ । शनिबार भएको बृहत अविभावक भेलाले नर्सरी देखि कक्षा ३ सम्म अंग्रेजी माध्यामबाट पठनपाठन गराउने निर्णय भएको हो । बिद्यालय व्यबस्थापन समितिका अध्यक्ष टोपनारायण चौधरीको अध्यक्षतामा भएको भेलाले बैशाख १ गते देखि ९ गते सम्म भर्ना अभियान सञ्चालन गर्ने निर्णय समेत गरेको छ । साथै भेलाले आर्थिक बर्ष २०७४÷०७५ को आयब्याय विवरण पेश गरेको थियो ।

 

तुलसीपुर उपमहानगरपालिका वडा नंबर १२ का वडा अध्यक्ष सूर्यबहादुर डाँगीको प्रमुख आतिथ्यता तथा उपमहानगर शिक्षा शाखा संयोजक देवराज विश्वकर्मा, स्रोतव्यक्ति मुकुन्द रिजालको बिशिष्ट आतिथ्यमा भेला भएको हो । शिक्षक अम्बिका डाँगीले स्वागत मन्तब्य ब्यक्त गरेको भेलामा विद्यालयका प्रधानध्यापक अमरराज के.सीले विद्यालयको आय–व्याय प्रस्तुत गरेका थिए । भेलामा नरबहादुर खड्का, भिउराम घर्ती, दुर्गाप्रसाद वली, भिम बस्नेतलगायतले मन्तब्य ब्यक्त गरेका थिए । भेलाको सहजीकरण शिक्षक लिलाधर खड्काले गरेका थिए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्