मज्दुर संघको प्रदेश अध्यक्षमा दाङका भट्टराई



सैघाली खबर,
तुलसीपुर १८ चैत ।

अखिल नेपाल यातायात मज्दुर संघको ५ नम्बर प्रदेशको अध्यक्षमा भरत भट्टराई चयन भएका छन् । अखिल नेपाल ट्रेड युनियन महासंघ अन्तरगत

संघको शनिबार भएको भेलाले भट्टराईको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो । जसको उपाध्यक्षमा कुमार नेपाली, सचिव दिलिप सोनी, सहसचिव प्रकाश रिजाल, डम्वर बुढाथोकी, कोषाध्यक्षमा घनश्याम डाँगीचयन भएका छन् ।

त्यस्तै सदस्यहरूमा कृष्ण गौरी, प्रेम छिनाल, संजय परियार, प्रेमप्रकाश बिसी, तिलकराम सुनार, भक्तबहादुर बिक, प्रदिप बिक, घनश्याम डाँगी, शेरसिंह डाँगी, छबि वस्नेत, मेघराजप्रसाद शर्मा, बिष्णुप्रसाद पाण्डे, कृष्णप्रसाद भट्टराई, राजेश श्रेष्ठ, गोपालबहादुर थापा, कृष्णप्रसाद सापकोटा, रतन गिरी, अनिल जैसवाल, डम्वरबहादुर बुढारोकी श्रवण गुरूङ, होमबहादुर पाण्डे, खमबहादुर बुढा, नारायण रेग्मी, रोज्न मुसलमान, प्रदिप गौतम चयन भएका छन् ।

अखिल नेपाल यातायात मजदुर संघका केन्द्रीय अध्यक्ष सोम तामाङको प्रमुख आतिथ्यमा एवंम नेपाल ट्रेड युनियन महासंघ पाँच नम्बर प्रदेश अध्यक्ष दानबहादुर वलीको बिशिष्ट आतिथ्यमा कार्यक्रम भएको हो । त्यस्तै उपाध्यक्ष नारायण गिरी, बसन्त मल्ल , प्रेम घिसिङ सहसचिव, राजकुमार बिसीलगायतलको सहभागिता रहेको थियो ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्