‘बिद्यार्थी सुधार्न अभिभावकको भुमिका महत्वपूर्ण’



सैघाली खबर,
तुलसीपुर १८ चैत ।

बिद्यार्थीहरुको शैक्षिक सुधारका लागि अभिभाबको भुमिका पनि महत्वपूर्ण हुने बताईएको छ । तुलसीपुर ६ मा रहेको ग्रटअरणीको ईङलिस सेकेन्डरी स्कुलले आयोजना गरेको बालबालिकाको सर्बाङ्गीन विकासमा अभिभावकको भूमिका बिषयक प्रशिक्षण कार्यक्रममा यस्तो बताईएको हो । प्रशिक्षक डिआर दाहालले बिद्यार्थीहरुको शैक्षिक गुणस्तर बृद्धिका लागि शिक्षक संगै अभिभाबहरुले पनि ख्याल राख्नु पर्ने बताए । ‘बिद्यालयमा शिक्षकले मात्रै पढाएर हुँदैन्’ उनले भने ‘ अभिभाबकले पनि घरमा उत्तिकै ख्याल राख्नुपर्छ ।’ पछिल्लो समय तीब्र विकास भईरहेको प्रबिधिलाई बिद्यार्थीहरुले गलत प्रयोग गर्दा पनि बिद्यार्थीहरुको शैक्षिक स्तर खस्कन थालेको बिज्ञ दाहालले बताए ।

अभिभाबकहरुले पनि आफ्ना बालबालिकाहरुको पढाईका बारेमा जानकारी लिईरहनु पर्ने उनको भनाई थियो । बिद्यार्थीहरु बिद्यालयमा ६ घण्टा मात्रै हुँने र बाँकी समय अभिभावकसंगै हुँने भएकाले बिद्यार्थीहरुको शैक्षिक सुधार गर्न अभिभाबकको भुमिका महत्वपूर्ण हुने उनको भनाई थियो । प्रिन्सीपल मानबहादुर बस्नेतको अध्यक्षतामा भएको कार्यक्रममा भ्वाईस प्रिन्सीपल चिन्तामनी भट्टराईले स्वागत मन्तब्य ब्यक्त गरेका थिए भने सहजीकरण सञ्चालक समिति सदस्य नारायण भट्टराईले गरेका थिए । कार्यक्रममा सम्पूर्ण अभिभावकहरुको सहभागिता रहेको थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्