खड्काको शव श्रद्धाञ्जलिका लागी निवासमा भिड (भिडीयो सहित हेनुृहोस)



 

सैघाली खबर,
काठमाडौं १८ चैत्र । उपचारका क्रममा निधन भएका नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री खुमबहादुर खड्काको आज अन्तिम संस्कार गरिँदैछ ।नेपाली कांग्रेसका केन्द्रीय सदस्य खुमबहादुर खड्काप्रति अन्तिम श्रद्धाञ्जलि व्यक्त गर्न आइतबार बिहानैदेखि काठमाडौंको सानेपास्थित उनको निवासमा नेता कार्यकर्ताको ठूलो भीड लागेको छ।

दिउँसो १ बजेपछि मात्रै खड्कालाई पार्टी कार्यालय लगिने

चैत १६ गते बेलुका सवा ५ बजेतिर उपचारका क्रममा दिल्लीस्थित एपोलो अस्पतालमा निधन भएका ६६ वर्षीय खड्काको पार्थिव शरीर आइतबार दिउँसो १ बजेपछि मात्रै सानेपास्थित पार्टी कार्यालय लगिने भएको छ।

खड्काका एक मात्रै छोरा अनुराग खड्का अध्ययनको सिलसिलामा लन्डनमा रहेको र उनी साढे १२ बजेतिर मात्रै काठमाडौं आइपुग्ने भएको हुँदा त्यसपछि मात्रै खड्काको शरीर अन्तिम श्रद्धाञ्जलिको लागि सानेपास्थित पार्टी कार्यालयमा लैजाने तयारी भएको छ।केही ढिला भएपनि आइतबार साँझपख पार्टी कार्यालयमा अन्तिम श्रद्धाञ्जलिका लागि खड्काको शव राखेर शव यात्रासहित पशुपति आर्यघाटमा लगेर अन्तिम संस्कार गरिने जानकारी कांग्रेस नेताहरूले दिएका छन्।

 

मिर्गौला रोगबाट पीडित खड्को शुक्रबार दिउँसो दिल्लीस्थित एपोलो अस्पतालमा निधन भएको थियो ।

 

 

 

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्