सैघाली खबर,
काठमाणडौ १८ चैत्र।
उपचारका क्रममा निधन भएका नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री खुमबहादुर खड्काको आज अन्तिम संस्कार गरिँदैछ ।शुक्रबार साँझ निधन भएका नेता खड्काका पुत्र नेपाल बाहिर रहेका कारण अन्तिम संस्कारमा ढिलाई भएको नेपाली कांग्रेसका एक नेताले जानकारी दिए ।
उनका अनुसार बेलायतमा उच्च शिक्षा अध्ययनरत नेता खड्काका पुत्र अनुराग खड्का आज नेपाल फर्किँदै छन् ।
अनुराग आएपछि धार्मिक विधि र परम्परागत प्रक्रिया पूरा गरेर मात्रै उनको पार्थिव शरीरलाई दिउँसो पार्टी कार्यालयमा राखिको बताइएको छ ।

थाहा अनलाइन
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।