घोराहीमा एमाले र जनमोर्चाविच तालमेल



असार ५ , दाङ । दोस्रो चरणमा हुन लागेको स्थानीय चुनावमा दाङको घोराही उपमहानगरपालिका वडा नम्बर ५ मा नेकपा एमाले र राष्ट्रिय जनमोर्चा पार्टि तालमेल भएको छ ।cunabi-mahol-14052017072154

निर्वाचनमा जित हासिल गर्ने उदेश्यका साथ एमाले र जनमोर्चाविच घोराही उपमहानगरपालिका वडा नम्बर ५ मा तालमेल गरेर चुनाव लड्ने सहमति भएको ति दुइ दलले तालमेल गरेका हुन । नेकपा एमाले घोराही उपमहानगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष भुमबहादुर गिरी, सहसचिव अमृते जैसि र राष्ट्रिय जनमोर्चा पार्टि घोराही ५ का अध्यक्ष लालबहादुर नेपालि, सचिव वलदेव विश्वकर्मा र सदस्य निलकण्ठ क्षेत्रीद्वारा संयुक्त हस्ताक्षरीत विज्ञप्तिमा वडामा तालमेल गरी चुनाव लड्ने निर्णय भएको र दुइ दलले उठाउने उम्मेद्वारहरुलाई अत्याधिक बहुमतले विजयि गराउन पनि घोराही ५ का सम्पुर्ण वडावासीहरुलाई आग्रह गरेका छन ।
असार १४ गते हुने चुनावमा तालमेल गर्ने निर्णय गरेका एमाले र जनमोर्चाले विज्ञप्ती मार्फत वडा अध्यक्षसहीत खुला सदस्य र महीला सदस्य एमालेलाई र एउटा खुला सदस्य र दलित सदस्य जनमोर्चालाई दिने सहमति भएको बताएका छन । तालमेलपछि एमालेको तर्फवाट वडा नम्बर ५ मा वडा अध्यक्षमा विवेक बुढाथोकी, खुला सदस्यमा विष्णु विक, महीला सदस्यमा बसन्ति महरा र जनमोर्चाका सुर्यलाल नेपालिलाई खुला सदस्य र कुमारी माखुरी सर्केनी दलित सदस्यमा उठनुहुने भएको छ । दुवै पार्टिको सहमति वमोजिम मंगलवार उम्मेद्वार फिर्ता लिइने दुवै पार्टिका नेताहरुले सहमति गरेको विज्ञप्तीमा उल्लेख छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्