वन्यजन्तु तस्करीहरुको लागि दाङ ट्रान्जिट केन्द्र बन्दै



सैघाली खबर,
दाङ, १८ चैत। – वन्यजन्तु तस्करीहरुको लागि दाङ ट्रान्जिट केन्द्रका रुपमा देखिएको छ । दाङको विगत तीन वर्षको जिल्ला वन कार्यालयको तथ्याङकका अनुसार ११ वटा वन्यजन्तु चोरी सिकारी तथा बेचबिखनका घट्नाहरु घटेका छन् ।

तस्करीको मुख्य शिकार चितुवा पर्ने गरेको पाइएको छ । तीन वर्षका ११ घट्नाहरु मध्ये तीनवटा अवैध दुर्लभ चितुवाको छात्रा ओसारपसार तथा विक्री वितरण सम्बन्धी मुद्धाहरु रहेको जिल्ला वन कार्यालय दाङका मुद्धा प्रमुख माधव तिमिल्सिनाले जानकारी दिनुभयो ।

कार्यालयका अनुसार चालु आर्थिक वर्ष २०७४र०७५ को आठ महिनामा पाँचवटा वन्यजन्तुको छाला ओसारपसारका घटनामा सातजना पक्राउ परेका छन् । जसमा नेपालमै दुर्लभ मानिने एउटा रेडपाण्डाको छाला, एउटा कस्तुरीको विना, दुईवटा चितुवाको छाला र एउटा बदेलको चोरी सिकारी सम्बन्धी रहेका छन् ।

गएको आर्थिक वर्ष २०७३,०७४ मा वन्यजन्तु सम्बन्धी चारवटा घटनाका मुद्धाहरु जिल्ला वन कार्यालयमा दर्ता भएका छन् । जसमा एउटा अवैध दुर्लभ मानिने चितुवाको छाला ओसारपसार तथा विक्री वितरण र फ्याउरोको छाला ओसारपसार सम्बन्धी रहेको मुद्दा प्रमुख तिमिल्सिनाले बताउनुभयो ।

उहाँका अनुसार त्यही वर्ष नै तुलसीपुरमा जरायोको सुकुटी ओसारपसार तथा देउखुरीमा गुडिरहेको गाडीले मृग मारेको सम्बन्धी मुद्धा कार्यालयमा परेका छन् । आर्थिक वर्ष २०७२र०७३ मा दुईवटा वन्यजन्तु सम्बन्धी मुद्धाहरुमा दुईजनालाई पक्राउ गरी कारवाही गरिएको वन कार्यालयले जनाएको छ । जसमा एउटा चितुवाको छाला र एउटा हुडारको छाला ओसारपसार तथा विक्री सम्बन्धी घटना रहेको कार्यालयले जनाएको छ ।

दाङमा वन्यजन्तुको चोरी सिकारी भन्दा पनि राप्तीका पहाडी जिल्लाहरु रोल्पा र प्युठानतिर मार्ने र दाङलाई केन्द्र बनाएर विक्री हुने गरेको पाइएको तिमिल्सिनाले बताउनुभयो ।

‘करिब दुई – तीन वर्षका तथ्याङकहरुलाई हेर्ने हो भने दाङमा वन्यजन्तुको चोरी सिकारी भन्दा पनि विक्री वितरण हुने गरेको पाइएको छ । तिमिल्सिनाले भन्नुभयो, ‘दाङमा मासुका लागि जरायो र बदेल मार्ने गरिएको पाइन्छ, त्यी भन्दा ठूला वन्यजन्तुको दाङमा चोरी सिकारी गरेको पाइँदैन ।’

संरक्षित वन्यजन्तुहरु रेडपाण्डा, कस्तुरी, चितुवालगायतका जनवारका मुद्धाहरुमा सुरुवाती अनुसन्धान जिल्ला वन कार्यालयले गरे पनि अन्तीम फैसला अदालतले गर्ने गरेको कार्याललये जनाएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्