बागी २’ ले तोड्यो पद्मावतको रेकर्डः कसको कमाइ कति ?



सैघाली खबर,

भरपुर एक्सन हेर्न पाइने बलिउड अभिनेता टाइगर श्राफको फिल्म ‘बागी २’ ले बक्स अफिसमा धमाकेदार ओपेनिङ्ग गरेको छ । पहिलो दिनको आम्दानीको मामिलामा यस फिल्मले यो साल रिलिज भएका पद्मावत र प्याडम्यानसहित सबै फिल्मलाई पछारिदिएको छ ।

यस फिल्मले घरेलु बक्स अफिसमा कुल २५ करोड कमाई गर्न सफल भएको छ । जुन यो वर्ष रिलिज भएका सबै फिल्मको भन्दा धेरै ज्यादा हो । बलिउड बजार एनालिस्ट तरण आदर्शले यस फिल्मको आम्दानीको आँकडा सार्वजनिक गरेका हुन् ।

यो वर्ष रिलिज बलिउड फिल्मको पहिलो दिनको कमाइ

बागी २– २५ करोड

पद्मावत–१९ करोड ९एक दिन पहिले हुने शोसहित २४ करोड०

प्याडम्यान १० करोड

रेड– १०।०४ करोड

सोनु के टिटु की स्वीटी– ६।४२ करोड

‘बागी २’ लाई विश्वभर ४१२५ स्क्रिनमा रिलिज गरिएको छ । यसलाई भारतमा ३५०० र ओभरसिजमा ६२५ हलमा देखाइएको हो । यसका बाबजुद फिल्मको आम्दानीलाई उत्कृष्ट मानिएको छ ।

यो फिल्म सन् २०१६ को हिट फिल्म ुबागीु को सिक्वेल हो । जसले बक्स अफिसमा शानदार कमाई गरेको थियो । ुबागीु मा टाइगर श्राफ र श्रद्धा कपुर मुख्य भूमिकामा थिए । ुबागी २ु मा टाइगरसँगै दिशा पटानी मुख्य भूमिकामा छन् । दुवै कलाकार पहिलो पटक ठुलो पर्दामा एकसाथ देखाइएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्