सैघाली खबर,
काठमाडौं । उपराष्ट्रपति पुत्र दिपेश पुनको अवैध बालुवा खानीमा लगाउने भन्नेबारेको समाचारको खण्डन गरेका छन् । आज एक राष्ट्रय दैनिक पत्रिकामा ‘बागमतीमा अवैध वालुवा खानी, गृहमन्त्रीकै आडमा तस्करी’ भन्ने समाचारको पुनले एक विज्ञप्ति जारी गरेका हुन् ।
पुनद्वारा जारी विज्ञप्तिमा लेखिएको छ ‘समाचारमा गोदावारी नगरपालिका–८, डुकुछाप ललितपरस्थित ‘साईनिङ बालुवा वासिङ सेन्टर’मा मेरो पनि लगानी छ भन्ने समाचारप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ । उक्त बालुवा खानीमा मेरो कुनै लगानी नभएको सबैमा स्पष्ट पार्दै भ्रमपूर्ण समाचारको खण्डन गर्दछु । साथै, उक्त बालुवा खानीमा मेरो लगानी छ भन्ने भ्रामक समाचारप्रति भ्रममा नपर्न सबैमा आग्रह गर्दछु ।’
‘कुनै पनि अवैध काममा मेरो संलग्नता म आफै कल्पना गर्न सक्दिनँ । सबै प्रकारका अवैधानिक कामहरु बन्द हुनुपर्दछ । अवैध भनि समाचारमा आएको ‘साईनिङ बालुवा वासिङ सेन्टर’ मात्रै होइन सबै प्रकारका अवैध बालुवा खानी र अवैध कामहरुलाई सम्बन्धित निकायले तुरुन्त बन्द गराउनुपर्दछ । म आजैको मितिदेखि ‘साईनिङ बालुवा वासिङ सेन्टर’लगायत सम्पूर्ण अवैध बालुवा खानीहरु बन्द गर्न, गराउन सम्बन्धित पक्षसँग आग्रह गर्दछु । अवैध कामहरुलाई रोक्न मेरो जुन भूमिका हुनुपर्ने हो, त्यो भूमिकाका लागि म सदा सर्वदा तयार छु’ विज्ञप्तिमा भनिएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।