सैघाली खबर
जाजरकोट , १८ चैत । यहाँको जुनीचाँदे गाउँपालिका(२, छहरे खोलास्थित घट्टमा गहुँ पिस्न गएकी १३ बालिका बलात्कृत भएकी छन् । स्थानीय २७ वर्षीय इन्द्रबहादुर गिरीमाथि बालिका बलात्कार गरेको आरोप लागेको छ
मध्यराति १२ बजे घट्टभित्र एक्लै रहेकी बालिकाको मुखमा टोपीको बुझो लगाएर गिरीले जबर्जस्ती करणी गरेको उजुरी परेको प्रहरी निरीक्षक रमेश अवस्थीले जानकारी दिए । बलात्कृत बालिकालाई स्वास्थ्य परीक्षण तथा उपचारका लागि जिल्ला अस्पताल जाजरकोट पुऱ्याइएको छ ।
बलात्कार आरोपी गिरीलाई नियन्त्रणमा लिएर उनीविरुद्ध जबर्जस्तीकरणीको मुद्दा दर्ता भएको र घटनाबारे आवश्यक अनुसन्धान भइरहको प्रहरी निरीक्षक अवस्थीले बताए ।

थाहा अनलाइन
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।