रोल्पामा कांग्रेस र एमालेको तालमेल



रोल्पा, ६ असार । रोल्पाको एक गाउँपालिकामा सत्तारुढ नेपाली कांग्रेस र प्रमुख प्रतिपक्षी नेकपा एमालेबीच चुनावी तालमेल भएको छ ।

जिल्लाको माडी गाउँपालिकामा नेपाली कांग्रेसले अध्यक्ष र नेकपा एमालेले उपाध्यक्ष लिने गरी तालमेल गर्ने सहमति भएको हो ।

सहमतिपछि असार ४ गते नै उनीहरुले अध्यक्षमा नेपाली कांग्रेसका तर्फबाट गोपाल घर्तीमगरलाई र उपाध्यक्षमा एमालेका तर्फबाट प्रेम घर्तीमगरलाई उम्मेदवारी दर्ता गराएको बताइएको छ।

तालमेल जिल्लाको सापेक्षतामा स्वाभाविक भएको नेपाली कांग्रेसका सभापति अमरसिंह पुनले प्रतिक्रिया दिए । स्थानीय पार्टी कार्यकर्ता र जनताले लोकतान्त्रिक शक्ति मिलेर जानुपर्ने दबाब दिएका कारण तालमेल भएको उनले बताए ।

देशका अन्य जिल्लामा नेपाली कांग्रेस र एमाले प्रमुख प्रतिस्पर्धी रहेपनि रोल्पाको वस्तुस्थिति भने फरक रहेका कारण पनि दुई दलबीच तालमेल भएको उनले बताए ।

एक नगरपालिकासहित दश स्थानीय तह रहेको रोल्पामा कांग्रेस, एमाले, नेकपा माओवादी केन्द्र र अन्य साना दलसहित स्वतन्त्र उमेदवारले समेत चुनावी प्रतिस्पर्धा गर्दैछन्

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्