आवरणमा खुमबहादुर



सैघाली खबर
काठमाण्डौ १९ चैत्र । नेपाली कांग्रेसका नेता, पार्टीका पूर्वमहामन्त्री एवम् पूर्वगृहमन्त्री खुमबहादुर खड्काको दाहसंस्कार गरिएको छ ।

भारतको नयाँ दिल्ली स्थित एपोलो अस्पतालमा उपचारका क्रममा उहाँको निधन भएको थियो । पूर्व गृहमन्त्री समेत रहनु भएका ६६ बर्षिय खड्का लामो समय देखी मृर्गौला रोगका पिडीत रहदै आउँनु भएको थियो । २००८ साल जेठ १२ गते साविक धर्ना गाविस – ६ भैसापथ्रामा खड्को जन्म भएको थियो । बुबा टेकबहादुर खड्का र आमा चन्द्रकला खड्काको काईला सन्तानका रुपमा उहाँको जन्म भएको थियो ।

राजनितिक यात्रा क्रममा महत्व पूर्ण योगदान पु¥र्याएका खड्कको निधनलाई सर्वसाधारणले विकास प्रेमी नेता गुमाएको अनुभती गरेका छन् । सामान्य चिया पसल देखि राजनितिको मुलधार सम्म चर्चामा आई रहने खुमबहादुरको निधनले एउटा उर्जाशिल व्यक्तित्व गुमाएको छ ।

 

दिवंगत नेता खड्काको दाहसंस्कारमा सहभागी भई अन्तिम श्रद्धाञ्जली दिन आइतबार साँझ पशुपति आर्यघाटमा शुभेच्छुकहरुको मानवसागर नै उर्लिएको थियो ।उहाँलाई श्रद्धाञ्जली दिन पार्टी सभापति शेरबहादुर देउवालगायत उपल्लो तहका नेताहरु पनि आर्यघाट पुग्नुभएको थियो भने पार्टी सभापति देउवाले पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो आयोजित श्रद्धाञ्जली सभामा पनि दिवंगत खड्काको शवमा पार्टीको झन्डा ओढाएर श्रद्धाञ्जली अर्पण गर्नुभएको थियो ।नेता खड्कालाई सशस्त्र प्रहरीको टुकडीले सलामी अर्पण गरेको थियो भने लगत्तै उहाँका सुपुत्र अनुराग खड्काले पार्थिब शरीरमा दागबत्ती दिएका थिए। कांग्रेसले पूर्वमहामन्त्री खुमबहादुर खड्काको निधनमा पाँच दिन शोक मनाउने र कुनै पनि उपचारिक कार्यक्रम नगर्ने निर्णय गरेको छ।

 

जुझारु र विशेषगरी युवामाझ अत्यन्त लोकप्रिय नेता खड्काको चैत १६ गते भारतको नयाँ दिल्लीस्थित एपोलो अस्पतालमा उपचारका क्रममा निधन भएको थियो। उहाँको निधनको १३ औँ दिनमा नेपाली कांग्रेसले केन्द्र र सबै जिल्लामा शोकसभाको आयोजना गर्ने निर्णय गरेको छ । पूर्वगृहमन्त्री समेत रहेका खड्काको अन्त्येष्टीमा नेपाल प्रहरी र शसस्त्र प्रहरीले सम्मान पूर्वक सालमी अर्पण गरेका थिए । खड्काको पार्थिव शरिमा छोरा अनुराग खड्काले दागवत्ति दिएका थिए भने उनको पार्थिक शरिरमा ् नेपाली काग्रेसका पार्टी सभापति शेरबहादुर देउवाले पार्टीको भण्डा ओढाएका थिए ।

विहान ८ बजेदेखि २ बजेसम्म केन्द्रीय पार्टी कार्यालयमा अन्तीम श्रद्धाञ्जलीकालागि पार्थिक शरिर राख्ने र ३ बजे अन्त्येष्टी गरिने भनिएपनि स्कटल्याण्डमा अध्ययनरत छोरा अनुरागको प्लाई डिले भएका कारण अन्तेष्टीमा ढिलाई भएको थियो । जसका कारण करिव तीन बजेसम्म खड्काको पार्थिव शरिरलाई घरमै राखिएको थियो ।अन्त्येष्टी गर्नुपूर्व खड्काको पार्थिव शरिरलाई स्वर्गीय खड्काको सानेपा स्थीत घर र त्यसपछि अन्तीम श्रद्धाञ्जलीका लागि नेपाली काग्रेसको केन्द्रीय पार्टी कार्यालयमा राखिएको थियो ।

 

अन्तीम श्रद्धाञ्जली दिन नेपाली काग्र्रेसका सभापति शेरबहादुर देउवा,बरिष्ट नेता रामचन्द्र पौडेल,महामन्त्री शशांक कोइराला,सभामुख कृष्णबहादुर महरा, सरकारका गृहमन्त्री रामबहादुर थापा, पराष्ट्रमन्त्री प्रदिप ज्ञवाली, माओवादी केन्द्रका नेता तथा मन्त्री जनार्दन शर्मा, पूर्व सभामुख सुवाचन्द्र नेमाङग, राप्रपा नेपालका अध्यक्ष तथा पूर्व गृहमन्त्री कमल थापालगायतका नेपाली काग्रेसका केन्द्रीय समिति नेता तथा विभिन्न जिल्लावाट गएका हजारौ नेता, कार्यकर्ता तथा सुभचिन्तकहरुले खड्काको पार्थिव शरिरलाई अन्तीम श्रद्धाञ्जली दिएका थिए ।

यसैविच नेपाली काग्रेसको आइतवार बसेको बिशेष बैठकले स्वर्गीय खुमबहादुर खड्काको निधनपछि सोक प्रस्ताव पारित गर्दै सम्मानका लागि ५ दिनसम्म कार्यालय बन्द गर्ने निर्णय गरेको छ । निर्णयमा भनिएको छ,’ दिवंगत नेता खुमबहादुर खड्काप्रति उच्च सम्मान प्रकट गर्दै २०७४ चैत्र १८, १९, २०, २१ र २२ गते पाँच दिनसम्म पार्टीको केन्द्रीय कार्यालय र मातहतका सबै कार्यालय, भ्रातृ, शुभेच्छुक एवं विदेश स्थित जनसम्पर्क समितिका कार्यालयहरु बन्द गर्ने तथा शोक, श्रद्धाञ्जलीका कार्यक्रम बाहेक पार्टीका अरु सबै कार्यक्रमहरु स्थगित गर्ने पार्टीका प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।

 

साथै, ७ दिनसम्म केन्द्र लगायत पार्टी मातहतका सबै कार्यालयहरुमा पार्टीको झण्डा आधा झुकाउने र १३ दिनसम्म शोक पुस्तिका राख्ने निर्णय गरेको छ । दिवंगत नेता खुमबहादुर खड्काको आत्माको चीर शान्तिको कामना गर्दै केन्द्रीय कार्यसमितिको बैठक २ मिनेट मौन धारण गरेको थियो । दुःखको यस घडीमा शोक सन्तप्त परिवार तथा आफन्तजनहरुमा धैर्य धारण गर्न सक्ने शक्ति ईश्वरले प्रदान गरुन् भन्दै गहिरो समवेदना प्रकट गरेको छ ।

नेपाली कांग्रेसको संगठनलाई सुदृढ एवं गतिशील बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्दै नेपालमा प्रजातन्त्रको पुनस्र्थापनामा नेतृत्वदायी भूमिका निर्वाह गरेको, लामो समय प्रवास र जेल जीवन व्यतित गरेका नेता खड्काको निधनले नेपाली कांग्रेस र सिङ्गो मुलुकलाई अपूरणीय क्षति पुगेको नेपाली काग्रेसका सभापति शेरबहादुर देउवाले बताए । साथै ‘नेता खड्काको योगदानले राष्ट्रियता, प्रजातन्त्र र समाजवादप्रतिको निष्ठा, अटल आस्था र समर्पणप्रति नेपाली कांग्रेसलाई उचो बनाउने काम गरेको छ’ विज्ञप्तिमा भनिएको छ । सभापति देउवाले ललितपुर, सानेपास्थित नेता खड्काको निवास पुगेर खड्काको पार्थिव शरीरमाथि श्रद्धाञ्जलि अर्पण गरेको थियो ।

यसअघि आइतवार बिहान काँग्रेसका केन्द्रीय कोषाध्यक्ष सितादेवी यादव,पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला,पूर्व सहमहामन्त्री पूर्णबहादुर खड्का, केन्द्रीय नेताहरु ीबजयकुमार गच्छदार, विमलेन्द्र निधि, डा प्रकाशशरण महत, डा शेखर कोइराला, नारायण खड्का, रमेश लेखक, पार्वती डिसी चौधरी, चन्द्र भण्डारी,दिपक गिरी, देवेन्द्ररा कडेल,शंकर भण्डारी,राष्ट्रियसभा सदस्य अनिता देवकोटा,प्रदेशसभा सदस्य अर्जुन श्रेष्ठ,निवर्तमान सांसदहरु राजु खनाल,बुद्धिराम भण्डारी,डिल्ली चौधरी,योगेन्द्र चौधरीलगायतले सानेपा पुगी नेता खड्काप्रति श्रद्धाञ्जलि व्यक्त गरेका थिए ।

 

यसैविच विकासप्रेमी नेता खड्कालाई श्रद्धाञ्जली दिन नेपाली काग्रेसका हजारौ नेता,कार्यकर्ता तथा सुभचिन्तकहरु राजधानी पुगेर स्वर्गीय खड्काको अन्त्यठीमा सहभागी भएका थिए । दाङवाट नेपाली काग्रेस काग्रेस दाङका सभापति किर्तीबहादुर खड्का,पूर्व जिल्ला सभापतिहरु घनश्याम रेग्मी, उपसभापति कमानसिङ भारती, सचिव द्धय शंकरप्रसाद डागी र टेकबहादुर वली,निवर्तनमा जिल्ला सचिव कमलकिशोर घिमिरेकोषाध्यक्ष सावित्रा राणा, क्षेत्रीय सभापतिहरु भूपबहादुर डागी,गिरिराज सुवेदी,भेषराज पाण्डेय,नेपाल पत्रकार महासंघका केन्द्रीय उपाध्यक्ष बिपुल पोख्रेल,सचिव उदय जिएम, काग्रेस नेताहरु गेहेन्द्र गिरी,महादेव शाह,बद्री खड्का,सुशिला चौधरी,रेखबहादुर वली,दिपक पाण्डेयलगायत पार्टीका पातृस.गठनका हजार बढि नेता तथा कार्यकर्ताहरु राजधानी पुगेको नेपाली काग्रेस दाङका सचिव शंकर डागीले जानकारी दिए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्