उपमहानगर कार्यालय अगाडिको खाल्डो



सैघाली दबर
दाङ,१९ चैत

तुलसीपुर उपमहानगरपापलिका ‘ग’लाईनको नगरपालिका चोक । एकान्त होटल जाने सडकबीचमा निर्माण गरिएको सल्याप ढलान भाँचिएको लामो समय भईसक्यो । तर निर्माण गर्न कतैबाट चासो भएको छैन् ।

सल्याप भाँचिदा आवतजावतमा समस्या भएको छ, भने त्यस क्षेत्र दुर्गन्धित भएको छ । ढलको फोहरले गर्दा नाक थुनेर आवतजावत गर्नुपर्ने बाध्यता छ । यसले तुलसीपुर उपमहानगरपालिकाले अघि सारेको स्मार्ट सिटी बनाउने अभियानलाई गिज्याई रहेको छ । तुलसीपुर उपमहानगरपालिको बिगत दुई हप्ता देखि तुलसीपुर बजार भित्र सडक अतिक्रमण गरि बनाईएका संरचना हटाउन थालेको छ । तर बजारलाई कुरुप बनाउने गरी भत्किएका यस्ता सल्याप निर्माणमा ध्यान दिन सकिरहेको छैन् ।

जसले गर्दा आम नागरिकले आलोचना गर्ने गरेका छन् । त्यस क्षेत्र आसपासका बासिन्दाले उपमहानगरले उक्त सल्याप निर्माण गर्ने कार्यमा अग्रसर भए आफुहरुले पनि केही आर्थिक सहयोग गर्ने बताएका छन् । उपमहानगरलाई यस बिषयमा पटक पटक जानकारी गराउँदा कुनै चासो नदिएको समेत उनीहरुको गुनासो छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्