एमाले र माओवादी केन्द्रको एकता प्रक्रिया अलमलमा



सैघाली खबर

काठमाडौं ,१९ चैत

माओवादी केन्द्रले बराबरी हैसियतमा पार्टी एकता र सांगठनिक भागबन्डा हुनुपर्नेमा अडान लिएपछि नेकपा एमालेसँगको पार्टी एकता प्रक्रियाले गति लिन सकेको छैन । माओवादीको प्रस्ताव अस्वीकार गर्दै एमालेले भने प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचन परिणामका आधारमा सांगठनिक भागबन्डा हुने बताएको छ ।

चुनावमा एमाले र माओवादीले ७० र ३० को अनुपातमा जित हासिल गरेका थिए । एमाले र माओवादी केन्द्रले प्रदेशसभा र प्रतिनिधिसभा चुनावमा उम्मेदवारी दिँदा ६०–४० को अनुपातमा सिट बाँडफाँट गरेका थिए ।

यसअघि प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले भारत भ्रमणअघि नै पार्टी एकता गर्ने सार्वजनिक अभिव्यक्ति दिनु भएको थियो । कार्यदल बैठकले सैद्धान्तिक विषय टुंगो लगाएपछि मात्रै संगठनमा कुन दलबाट कति हुने भन्ने विषयले प्रवेश पाउने माओवादी केन्द्रका प्रवक्ता पम्फा भुसालले बताउनुभयो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्