आज विश्व अटिजम दिवस, के हो अटिजम ?



सैघाली खबर,
काठमाडौं १९ चैत ।– सोमबार ११ औं विश्व अटिजम दिवस, जनचेतना मूलक कार्यक्रम गरी मनार्ईंदैछ । सन् २००८ पछि अप्रिल २ तारिखमा यो दिवस मनाउने गरिन्छ ।

दिवसको अवसरमा नेपालमा एक महिनाभरी अटिजमका बारेमा जानकारी गराउने कार्यक्रम हुँदैछ । डा। सुनिता मलेकुका अनुसार अटिजम एउटा मस्तिष्कको विशेष अवस्था हो, जसले व्यक्तिको सञ्चार गर्न सक्ने क्षमता र सामाजिक सम्बन्ध स्थापित गर्न बाधा पुर्‍याउँछ ।

विश्वका हरेक ६८ जना नवजात शिशुमध्ये १ जनामा अटिजम हुने तथ्यांक रहेको छ । अटिजम बालिका भन्दा बालकलाई हुने सम्भावना पाँच गुणाले बढी हुने डाक्टर मलेकुले बताउनुभयो । उहाँले अटिजम भए बालबालिका दुई वर्षको हुँदा नै थाहा पाउन सकिने बताउनुभयो ।

डाक्टरका अनुसार बालबालिका खेलौनासँग नखेले, खेल्ने कुरा लाइन बनाएर राखे, एकोहोरो भए अटिजम भएको हुन सक्छ । अटिजम जन्मजात बच्चामा देखिने एक प्रकारको अपांगता हो । यो जीवनभरसम्म रहने डाक्टर सुनिता मलेकुले बताउनुभयो ।

अटिजम हुनुको कारण वंशाणुगत मानिए पनि यसको मुख्य कारण अझै पत्ता लागेको छैन । विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा झण्डै तीनलाख व्यक्तिमा अटिजम भएको अनुमान गरिएको छ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्