मेयर रेणु दाहालले धुमुर्स सुन्तली फाउन्डेसनलाई गरीन यस्तो आग्रह



सैघाली खबर,
चितवन, १९ चैत । भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहालले अन्र्तराष्ट्रिय स्तरको क्रिकेट मैदान महानगरपालिकामै बनाउन धुमुर्स सुन्तली फाउन्डेसनलाई आग्रह गरेकी छन।

दाहालले भनेकी छन “भरतपुर महानगरपालिका देशकै केन्द्र भागमा रहेको कारण यहाँ सबैखालका सम्भावना छ, र खेलकुदको पनि ठूलो सम्भावना छ । कति चाहिन्छ, चाहिने जति उपलब्ध हुन्छ ।”

भरतपुर महानगरले कर बढाएको विषयमा स्पष्ट पार्न आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै मेयर दाहालले भरतपुर वडा नम्बर २० मा रहेको चितवन रंगशालाको जग्गा उपलब्ध गराउने सन्देश प्रवाह गर्न पत्रकारलाई अनुरोध पनि गरिन् ।

हास्य कलाकार तथा सामाजिक अभियन्ता सिताराम कट्टेल ‘धुर्मुस’ ले अन्र्तराष्ट्रिय स्तरको क्रिकेट मैदान बनाउने घोषणा गरेसंगै मेयर रेणुले चितवनको भरतपुर महानगरमा बनाउन आग्रह गर्दै जग्गा र सक्दो सहयोग गर्ने घोषणा गरेकी हुन् ।

उनले आज नै पत्रचार गर्ने भन्दै विविध खालका सहयोग गर्ने प्रतिवद्धा जनाउदै प्रत्यक्ष सहयोग र सहकार्य गर्ने स्पष्ट पारिन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्