सैघाली खबर,
चैत १९, सल्यान । सल्यानमा दुईओटा बस एकआपसमा ठोकिदा करिब १२ जना भन्दा धेरै घाइते भएका छन् ।
राप्ती राजमार्गमा पर्ने बागचौर नगरपालीकाको बांगेलाखुरी(सिमखोली सडकको बिचमा पर्ने पुर्व आर्मी क्याम्प नजिकैको मोडमा केहिबेर अगाडी दुर्घटना भएको हो ।
ईलाका प्रहरी कार्यालय बांगेलाखुरीका प्रनानी राज बहादुर चन्दका अनुसार काठमाण्डौँबाट रुकुम जाँदै गरेको ना ७ ख २०४५ नम्बरको बस र रुकुमबाट दाङ जाँदै गरेको ना ४ ख ४८६१ नम्बरको बस एक आपसमा ठोकिएका हुन् ।
अहिले घाईतेहरुको स्थानीय मेडिकलमा उपचार भइरहेको जानकारी दिएका छन् । घाटनाको बिस्तृत खबर आउन बाँकी छ ।

थाहा अनलाइन
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।