पत्रकार महासंघको प्रदेश समिति निर्वाचनका लागि कार्यालय स्थापना



सैघाली खबर,
काठमाडौं, १९ चैत । नेपाल पत्रकार महासंघ प्रदेश समिति निर्वाचनका लागि गठित केन्द्रीय निर्वाचन समितिको कार्यालय स्थापना गरिएको छ । केन्द्रीय निर्वाचन समितिको संयोजक बबिता बस्नेतको अध्यक्षतामा आज बसेको बैठकले काठमाडौंको सञ्चारग्रामस्थित महासंघको केन्द्रीय कार्यालयमा निर्वाचन समितिको कार्यालय स्थापना गर्ने निर्णय गरेको हो ।

बैठकले प्रदेश समितिको निर्वाचनका लागि मतदाता नामावली यथाशीघ्र उपलब्ध गराइदिन नेपाल पत्रकार महासंघ केन्द्रीय समितिलाई अनुरोध गर्ने निर्णय गरेको छ । अर्को बैठक आगामी बुधबार बस्ने केन्द्रीय निर्वाचन समितिले जनाएको छ । पत्रकार महासंघको प्रदेश समितिको निर्वाचन आगामी बैशाख २२ गते हुँदैछ ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्