दाङमा झण्डै ११ हजार पशुपंक्षिको विमा



सैघाली खबर,

दाङ,१९ चैत।
दाङमा पशुपंक्षि विमा गराउनेको संख्यमा बृद्धि भएको छ । जिल्ला पशु सेवा कार्यालयका अनुसार आर्थिक वर्ष २०७४÷७५ को फाल्गुण मसान्तसम्म दाङमा १० हजार ९४९ पशुपक्षीको बीमा भएको छ । जसमा गाईभैँसी ६७१, बाख्रा ३६९, बंगुर ७७, कुखुरा ९ हजार ८ हजार ३२ वटाको बीमा गरिएको छ ।
जिल्लामा उन्नत जातका २५ सय वटा,उन्नतजातका भैसी १३ हजार,उन्नतजातका बङगुर २० हजार,लेर्यस कुखुरा साँडे ४ लाख र बोईलर कुखुरा एकलाख २५ हजार रहेका जिल्ला पशुसेवा कार्यालयका प्रमुख डाक्टर चन्द्रबहादुर रानाले जानकारी दिनुभयो । जिल्लामा ५ बढी कुखुराको चल्ला उत्पादन गर्ने ह्याचरी सञ्चालनमा रहेका र प्रति हत्ता १ लाख उत्पादन भई पश्चिम नेपालमा निर्यात हुने गरेको छ ।

त्यस्तै दाङमा चितवनबाट करिव १ लाख २५ हजार कुखुराका चल्ला आयात हुने गरेको उहाले बताउनुभयो ।२०७१ सालदेखि जिल्लाका बिभिन्न बीमा कम्पनी मार्फत पशुपक्षीको बीमा गराउँदै आएको र त्यसबापत ४ करोड ६३ लाख ३८ हजार संकलन भएको छ । बीमा कम्पनीले एउटा पशुको एक वर्षका लागि निर्जीवन बीमा गर्दै आएका छन्

। कुखुराको बीमा सरदर ७ सय, उन्नत गाईको एक लाख ५० हजार, उन्नत भैँसीको बीमा एक लाख २५ हजारसम्म रहेको छ । पशु बीमा गर्दा लाग्ने खर्चमध्ये ७५ प्रतिशत रकम सरकारले अनुदान बापत बीमा कम्पनीलाई भुक्तानी दिएसँगै पशुपक्षी बीमा गराउने क्रम बढेको पशुचिकित्सक रानाले जानकारी दिनुभयो ।

पछिल्लो समयमा जिल्लाका पशुपालक किसानमा पशुपक्षीको बीमा गराउने क्रम बढेको हो । बीमा अभिकर्ता पनि हाल गाउँ गाउँमा पुगेर किसानलाई बीमा बारेमा जानकारी गराउदा र बीमा गराउँदा सरकारले अनुदान दिन थालेपछि दाङ जिल्लामा पशुपछी बीमा गराउने क्रम बढ्दै गएको जिल्ला पशु सेवा कार्यालयले जनाएको छ ।

पशु सेवा कार्यालयले पशुपालक किसानलाई बीमाप्रति आकर्षित गर्न सार्वजनिक सूचना प्रवाह र गोष्ठी तथा विभिन्न कार्यक्रम गर्दै आएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्