तुलसीपुरमा तिन सय बढि युवा माओवादी केन्द्रमा प्रबेश



तुलसीपुर ६ असार ।
तुलसीपुर उपमहानगरपालिका ९ बेलुवाबाट दुई सय बढि युवाहरु र वडा नं ७ बाट एक सय पचास बढी युवाहरु बिभिन्न पार्टी परित्याग गरी माओवादी केन्द्रमा प्रबेश गरेका छन् । नब प्रबेशीहरुलाई माओवादी केन्द्र तुलसीपुरका अध्यक्ष राम बहादुर दहीत ‘अञ्जान’ले एक कार्यक्रमका बीच स्वागत गरेका छन् । युवाहरु माओवादी केन्द्रको ऐजेण्डा र राष्ट्रको हित गर्ने पार्टी भएकाले अन्य पार्टी परित्याग गरी माओवादी केन्द्रमा प्रबेश गरेको प्रतिक्रिया दिएका छन् । वडा अध्यक्ष मदन प्रकाश हमालको अध्यक्षतामा भएको कार्यक्रममा माओवादी केन्द्र तुलसीपुरका अध्यक्ष अञ्जानले माओवादीले देशको हितका लागि गरेका काम र भावी योजनाहरु गहिरो रुपमा बुझेकाहरु माओवादी केन्द्रप्रति आर्कषित भएको बताए ।
त्यस अबशरमा नेपाल राष्ट्रिय व्यापार संगठनका केन्द्रीय सदस्य यज्ञ बहादुर केसी, वडा अध्यक्षका उम्मेदवार केशब बहादुर वली, महिला सदस्यका उम्मेदवार बन्दना बुढाथोकी, दलित महिला सदस्य भगवती बिक, सदस्य गंगाधर गैरे ,टोप बहादुर बिक लगायतले मन्तब्य ब्यक्त गरेका थिए । कार्यक्रमको सहजीकरण घनश्याम डाँगीले गरेका थिए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्