सैघाली खबर
काठमाडौं,२० चैत
प्रधानमन्त्री केपी शर्मा ओलीले आज संसदलाई सम्वोधन गर्दै हुनुहुन्छ । आफ्नो भारत भ्रमणअघि आज संसदमा विशेष सम्बोधन गर्न लाग्नु भएको हो । प्रधानमन्त्रीले सरकारको योजना, आफ्नो भ्रमणका एजेण्डाबारे संसद बैठकलाई जानकारी गराउनु लाग्नु भएको हो ।
संसदको बैठक दिउँसो १ बजे बोलाइएको छ । यसअघि प्रधानमन्त्रीले १९ गते आफ्नो भारत भ्रमणबारे संसदमा सम्बोधन गर्ने तयारी आफुले गरेको एक सार्वजनिक कार्यक्रममा बताएका थियो । तर, पुर्व सांसद तथा काँग्रेस नेता खुमबहादुर खड्काको निधन भएकाले हिजोको बैठकमा शोक प्रस्ताव पारित गरेर बैठक सकिएपछि आजको बैठकमा प्रधानमन्त्री ओलीले सम्बोधन गर्न लाग्नुभएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार डाक्टर कुन्दन अर्यालले बताउनुभयो ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।