संसद अधिवेशन आज सकिँदै



सैघाली खबर
काठमाडौं,२० चैत

संसद अधिवेशन आज सकिने भएको छ । आज बस्ने बैठकले अघिल्लो सरकारले अध्यादेशमार्फत पारित गरेका दुई विधेयकलाई स्वीकृत गरेपछि संसद अधिवेशन सकिने छ । आजको संसद बैठकमा गृहमन्त्री रामबहादुर थापाले राष्ट्रिय सभा सदस्य निर्वाचन अध्यायदेश २०७४ लाई स्किृत गरियो भनि प्रस्ताव पेस गर्ने कार्यसुची रहेको संसद सचिवालयले जनाएको छ ।

यसैगरी अघिल्लो सरकारले ल्याएको राष्ट्रिय चिकित्सा शिक्षा अध्यायदेश २०७४ स्वकृतिका लागि शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणी पोखरेलले निर्णयार्थ संसदमा प्रस्ताव पेश गर्ने संसद सचिवालका प्रवक्ता डाक्टर भरतराज गौतमले जानकारी दिनुभयो । संसदमा दुवै अध्यादेश स्वीकृत भएपछि सदनको चालू अधिवेशनको विजनेश सकिनेछ ।

संघीय संसदको दुवै सदनमा यि विषय सकिएपछि कुनै काम नभएको भनी सरकारलाई जानकार िगराइएकेको छ । संसदले सरकारलाई दिएको जानकारी अनुसार आज बिहान मन्त्रिपरिषद् बैठक बसेर सदन अन्त्यका लागि राष्ट्रपति समक्ष अनुरोध गर्नेछ । आजै राष्ट्रपति कार्यालयबाट चालू अधिवेशन अन्त्य भएको सूचना संसदमा आएमा पत्र पढेर अधिवेशन अन्त्य हुनेछ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्