दाङ क्षेत्र नं. ३ स्तरीय खेलकुद प्रतियोगीता सुरु



सैघाली खबर,

तुलसीपुर२० चैत ।

दाङ क्षेत्र नंबर ३ स्तरीय राष्ट्रपति रनिङ् शील्ड प्रतियोगीता शुरु भएको छ । सोमबार देखि प्रतियोगीता शुरु भएको हो । स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद भन्ने मूल नाराका साथ तुलसीपुर उपमहानगरपालिका १ को बिरेन्द्र माबि सुनपुर भ्युडहरमा प्रतियोगीता शुरु भएको छ । खेलको उद्घाटन तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेले गरेका हुन् । त्यसअबशरमा प्रमुख अतिथि पाण्डेले तुलसीपुर उपमहानगरलाई स्पोर्ट सिटीका रुपमका बिकास गर्ने बताए ।

कार्यक्रममा खेलकुद बिकास समिति दाङका अध्यक्ष डिल्ली बहादुर डाँगीले दाङमा खेलकुदका लागि पूर्बाधार निर्माणमा ध्यान दिनुपर्ने बताए । दाङ क्षेत्र नं. ३ स्तरीय राष्ट्रपति रनिङ शील्ड प्रतियोगीताका संयोजक टोपेन्द्र थापाको अध्यक्षतामा भएको कार्यक्रममा काग्रेस दाङका रेशम राणा, माओवादी केन्द्रका शेशुराम भण्डारी, तुलसीपुर उपमहानगरपालिका वडा नं. १ का अध्यक्ष लक्ष्मण भण्डारी, २ का अध्यक्ष राजु आचार्य, स्रोत ब्यक्ति बिष्णु केसी, चुरामणी ढकाल, लिलामनी न्यौपानेलगायतले मन्तब्य ब्यक्त गरेका थिए ।

प्रतियोगीताका सदस्य सचिब मदन कुमार शर्र्माले स्वागत मन्तब्य ब्यक्त गरेको कार्यक्रमको सहजीकरण जीत बहादुर गिरीले गरेका थिए । प्रतियोगीतामा दाङ क्षेत्र नंबर ३ अन्तरगत तुलसीपुर उपमहानगरपालिका, दंगीशरण गाउँपालिका, शान्तिनगर गाउँपालिका र ववई गाउँपालि अन्तरगतका बिद्यार्थीहरु सहभागी भएका छन् ।
​।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्