६१ औ सहकारी दिवस मनाईयो



समिक्षा गाहा
घोराही २० चैत्र।
‘दिगो बिकास लक्ष्य प्राप्तिका लागि सहकारी संस्था’ भन्ने मुल नाराका साथ ६१ औ राष्ट्रिय सहकारी दिबस दाङमा मनाईएको छ । घोराही उपमहानगरपालीकाको आर्थिक सहयोगमा सहकारी डिभिजन सहकारी संस्थाको आयोजनामा दिवस मनाईएको हो ।
दिवसको उद्घाटन गर्दै घोराही उपमहानगरपालीकाका मेयर नरुलाल चौधरीले सहकारी सँस्थालाई फरक फरक ढङ्गबाट अगाडी बढाउँनु पर्ने बताउँनुभयो ।नेपाल कृषि प्रधान देश भएकाले पनि सहकारी मार्फत कृषि क्षेत्रको विकासका लागि लाग्नु पर्ने बताउँनुभयो ।

प्रमुख अतिथी थारुले दाङलाई कृषि आत्म निर्भर बनाउनु सबै लाग्नु पर्ने बताउँनुभयो । सहकारी सस्था स्थापना गर्दा सबै भन्दा पहिले लक्ष्य र उद्देश्यमा ध्यान दिनु पर्ने बताउँदै योजना बद्ध भएर काम गर्नु पर्नै सबैलाई सुझाव दिनुभयो ।घोराही उपमहानगरपालीका भित्र २ सय २५ सहकारी संस्था रहेको वताउँदै यी सबै सँस्थालाई किसानको आय आर्जन संग जोड्नु पर्ने वताउँनुभयो ।

सहकारी नीति मा सस्थालाई घोराही उपमहानगर पालीकाले सहयोग गर्ने पनि बताउनु भयो। साथै सहकारी बिज्ञ लाई नै राखेर सहकारी सस्थका बारेमा छलफल गर्न लागेको कुरा पनि बताउनु भएको थियो।

राष्ट्रिय सहकारी सस्थाका भरत बहादुर बुढाथोकी, जिल्ला सहकारी सँस्थाकी पदमा आचार्य ,दाङ सुचना तथा सहकारी सस्थाका माधब प्रशाद शर्मा, बिनोद कुमार पौडेलले शुभकामना व्यक्त गर्नु भएको थियो ।सहकारी सस्था स्थापना गर्दा सबै भन्दा पहिले लक्ष्य र उद्देश्यमा ध्यान दिनु पर्ने बताउँदै योजना बद्ध भएर काम गर्नु पर्नै सबैलाई सुझाव दिनुभयो ।

राष्ट्रिय सहकारी सस्थाका भरत बहादुर बुढाथोकी, जिल्ला सहकारी सँस्थाकी पदमा आचार्य ,दाङ सुचना तथा सहकारी सस्थाका माधब प्रशाद शर्मा, बिनोद कुमार पौडेलले शुभकामना व्यक्त गर्नु भएको थियो ।कार्यक्रममा करीब ५० भन्दा बढि सहकारी सस्थाको सहभागीता रहहेको थियो। जिल्ला सहकारी सस्थाका अध्यक्ष गोबिन्द प्रशाद शर्माको अध्यक्षता, घोराही उपमहानगरपालीका अध्यक्ष रमेश पाण्डेको बिशिष्ट आतिथ्यता एबम घोराही उपमहानगरपालीकााक मेयर नरुलाल चौधरीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रमको सहजिकरण जिल्ला सहकारी सस्थाका सचिब कृष्ण प्रशाद शर्माले गर्नु भएको थियो।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्