दाङमा विप्लव माओवादीले जनसरकार घोषणा गर्दै



सैघाली खबर,
दाङ, २० चैत्र । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले दाङमा जनसरकार गठनको तयारी गरेको छ । चैत महिनाभित्र नेकपाले जनसरकार गठन गर्ने तयारी गरेको हो ।नेकपाले नेता गणेश चौधरीलाई जनसरकार प्रमुख बनाउने तयारी गरेको स्रोतले जनाएको छ । नेकपाले यसअघि देखिनै दाङमा जनअदालतको अभ्यास गर्दै आएको छ ।नेकपाले नेता गणेश चौधरीलाई जनसरकार प्रमुख बनाउने तयारी गरेको स्रोतले जनाएको छ । नेकपाले यसअघि देखिनै दाङमा जनअदालतको अभ्यास गर्दै आएको छ ।

नेकपाका दाङ जिल्ला इञ्चार्ज सविन पोखरेलले जनताका समस्या समाधानका लागि जनसरकार गठन गर्न लागिएको जानकारी दिए । ‘अहिलेको बुजु्रवा राज्यसत्ताबाट जनताको मुक्ति हुँदैन, अब जनता आफै सरकार सञ्चालन गर्न चाहन्छन्,’ उनले भने, ‘जनसत्ताले अहिलेको सत्ताकै समानान्तर हैसियत पाउने छ ।’

सविनले जनसरकार प्रमुख बारे भने बोल्न चाहेनन् ।केन्द्रीय नीति अनुरुप नै दाङमा जनसत्ता निर्माण गर्न थालिएको सविनले जानकारी दिए । शुरुमा जिल्ला सरकार गठन गर्ने र त्यसपछि स्थानीय तहमा सरकार गठन गर्ने नेकपाको तयारी रहेको छ । नेकपाले देशभरी नै अहिलेका जनप्रतिनिधिहरुलाई राजीनामा दिन चेतावनी दिइरहेको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्