प्रधानमन्त्री ओलीद्धारा भारत भ्रमणबारे संसद्मा जानकारी



सैघाली खबर
काठमाडौं,२० चैत

प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो भारत भ्रमणबारे संसद्लाई जानकारी गराउँदै छिमेकी मुलुकहरुसँग भरपर्दो मित्रता बनाउन चाहेको बताउनुभएको छ । उहाँले आफ्नो उदेश्य छिमेकी देशसँग शंकारहित मित्रता चाहेको बताउनुभएको हो । छिमेकी देशसँग समानता र अहस्तक्षेपको आधारमा मित्रता कायम गरिने पनि जानकारी दिनुभयो ।

आफु् नेतृत्व सरकारले अवलम्बन गरेको विदेश नीतिको अन्तिम बिन्दु मितत्रा रहेको उहाँले बताउनुभयो । संसदलाई संवोधन गर्दै उहाँले चैत्र २३ हुन लागेको भारत भ्रमणलाई राष्ट्रहितमा केन्द्रित गर्ने प्रतिवद्धता व्यत्तः गर्नुभयो । भ्रमणको क्रममा सम्झौताको चाङ लगाउने आफ्नो उदेश्य नरहेको बताउँदै उहाँले सम्झौता कार्यान्वयनमा जोड दिने बताउनुभयो । भारतमा रहँदा जलमार्ग र रेलमार्गको विषयमा पनि कुराकानी हुने उहाँले बताउनुभयो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्